गोकर्णेश्वर-४ मा संक्रमित रहेको क्षेत्र ७२ घन्टा सिल
कपन अनलाइन
काठमाडौं , जेष्ठ ७।
गोकर्णेश्वर नगरपालिका वडा -४ को विपद ब्यवस्थापन समितिको बैठकले संक्रमित भेटिएको क्षेत्र ७२ घन्टा सिल गर्ने निर्णय गरिएको छ।
सो समितिको आज बिहान् बसेको बैठकले संक्रममितको सम्पर्कमा आएका ब्यक्तिहरुको परिक्षण गर्ने तथा सो क्षेत्रमा मेडिकल बाहेक सम्पुर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ।
त्यस्तै सो बैठकले पास बिनाका सवारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने निर्णय गर्दै उच्च सावधानी अपनाउन अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।