गोकर्णेश्वर नगरपालिका स्वयं सेवक परिचालनको संयोजकमा दिपक लामा

गोकर्णेश्वर नगरपालिका स्वयं सेवक परिचालनको संयोजकमा दिपक लामा

कपन अनलाइन

काठमाडौं, जेठ ७ ।गोकर्णेश्वर नगरपालिकामा स्वयम् सेवक परिचालनको संयोजकको रुपमा दिपक लामालाइ जिम्मेवारी प्रदान गरिएको छ । जेठ ६ गते मंगलबार उनलाइ  स्वयं सेवक परिचालनको संयोजक तोकिएको हो। बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा ,नगर प्रमुख सन्तोष चालिसे .प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेको उपस्थितिमा उनलाई  स्वयं सेवक परिचालनको संयोजकको जिम्मेवारी दिइएको हो ।

विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाइ गोकर्णेश्वर नगरपालिका भित्र रोकथाम नियन्त्रण राहत वितरण सरसफाई लगायतको सामाजिक कार्यहरुमा स्वयं सेवक खटाई सहजीकरणको लागि उनलाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो ।विषम परिस्थितिमा स्वयं सेवकको रुपमा काम गर्न मन्जुर भई समाजसेवाको काममा हौसाला बढाई दिएकोमा उनलाई नगर प्रमुख सन्तोष चालिसे लगायतले धन्यबाद ज्ञापन सहित सफलता पुर्वक काम गर्न शुभकामना दिएका थिए।

उनले संयोजक को रुपमा निम्न काम गर्नु पर्ने भनिएको छ ।

१) नेपाल सरकारले लागु गरेको लकडाउन लाइ कार्यन्वयनका लागि सुरक्षा निकाय र सरोकारवाला ब्यक्तिहरु संग समन्वय गरि आवश्यक सहयोग समन्वय गर्ने।

२ ) गोकर्णेश्वर नगरपालिका क्षेत्रमा अन्य जिल्ल बाट केहि ब्यक्ति प्रवेश गरेको पाइएमा सो को रेकर्ड राखी नगरपालिकालाइ जानकारी गराउने ।आवश्यक परेमा आर डीटि/पिसीआर टेस्ट मा सहयोग गर्ने ।

३) नगरपालिका बाट बिपन्न नागरिकहरुलाई प्रदान गरिने राहत व्यवस्थापनमा वास्तविक श्रमिक तथा बिपन्न नागरिकहरुको पहिचान गरि राहत बितरण कार्यमा सहयोग समन्वय गर्ने ।

४ )टोल तथा बस्तिहरु फोहोर मुक्त राख्न मद्दत गर्नेआवश्यकता अनुसार नगरपालिका संग समन्वय गरि टोल तथा बस्तीहरुलाई डिसइन्फेक्टेड  बनाउन सहयोग समन्वय गर्ने ।

५) नगरपालिका भित्रका स्वास्थ्य चौकी तथा अस्पतालहरुमा समन्वयगरि उपचारमा आवश्यक सहयोग गर्ने ।

६) स्वयं सेवकहरुलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु नगरपालिकाले उपलब्ध गराउने ।

७) नगरपालिका तथा वडा कार्यालय संग समन्वय गरि नगरस्तरीय ११ सदस्यीय नगर स्वयंसेवक तथा वडामा आवश्यकता अनुसार वडा स्तरीय स्वयम सेवक समिति गठन गर्नु पर्नेछ ।

तपाइँको प्रतिक्रिया ।