सह अस्तित्वमा बुद्धत्व
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३ /गोविन्दशरण उपाध्याय पिएचडी
बुद्ध पूर्णिमाको अवसरमा हामी सबैलाई शुभकामना । सिद्धार्थ गौतमले वैदिक साधनाकै अवलम्बन गरेर बुद्ध (ज्ञानी) बनेका हुन् । बौद्ध साहित्यहरू पाली र संस्कृत भाषामा छन् । बुद्धको देशनालाई मान्ने तर वैदिक संस्कृति र संस्कार प्रति द्वेष गर्ने, संस्कृत भाषालाई मृत भन्ने, वैदिक, जैन र बौद्धहरूको एक आपसमा आस्थागत विवाद निम्त्याएर नेपाललाई युगाण्डा बनाउँन ठूलै शक्ति लागिपरेको छ । “सावधानी हट्यो दुर्घटना घट्यो“ भन्ने उखान सम्झेर सहकार्य गरौँ ।
वैदिक, जैन र बौद्धहरू बीच वेद, उपनिषद्, जैन आगम तथा बौद्ध साहित्यहरूले सधैं सद्भाव तथा शास्त्रार्थको सचेतना प्रदान गर्छन् । वैदिक तथा बौद्धहरूका बीचमा चिन्तन अर्थात् सिद्धान्तमा मतभेद अवश्य छ तर भाषा, संस्कृति तथा चालचलनमा मतभेद र मनभेद दुवै छैन । धार्मिक संस्कारहरू फरक हुँदैमा मुस्लिम र इसाईको सम्प्रदायगत शत्रुतासंग बौद्ध, हिन्दू तथा जैनहरूको तुलना गर्नु नितान्त आपत्तिजनक छ।
आज नेपालमा जसरी बौद्ध र हिन्दूहरूका बीच नाकका आधारमा घृणा सृजित गरिंदै छ, यसका विरुद्ध बौद्ध समुदायका अग्रणीहरू प्रखर रूपमा प्रतिवादका लागि उभिनुपर्छ भने हिन्द–समुदायका पुरोहितहरूले पनि सहज रूपमा बौद्ध तथा हिन्दूको सिद्धान्त– गत पार्थक्यको सम्मान गर्नुपर्छ । आज वेद र त्रिपिटक दूवै वैश्विक सम्पदामा रुपान्तरित भएका छन् ।
कुनै बखत गोरू बेचेको नातो मात्र होइन नाम नै नसुनेको अमेरिका जस्ता देशहरूमा वैदिक तथा बौद्ध देशना स्वीकार्य हुँदैछ । बुद्धलाई मान्छु भन्ने तर धर्मपद कुन भाषामा छ भन्ने समेत ज्ञान नभएका (जातिवादी र बाइबलको दलदलमा फँसेका) हरूले मात्र वैदिक संस्कृतिको विरोध गर्छन् । हिन्दूहरूले बौद्धहरू प्रति शत्रुतापूर्ण अभिव्यक्ति दिएको र व्यबहार गरेको देखिन्न ।
वैदिक, जैन, बौद्ध, किरात र बोनहरूको साझा थलोका रूपमाहामीले आफ्नो राष्ट्र नेपाललाई प्राप्त गरेर गौरव गरौँ । भाषा, नाक, जाति, वर्ग, क्षेत्रका आधारमा वैदिक, बौद्ध, जैन तथा किराती परम्पराको ब्याख्या गर्नेहरू मूलतः नेपालका यी प्राचीन सभ्यताका असली शत्रु हुन् । यस्ता शत्रुहरूको सबै मिलेर बौद्धिक प्रतिकार गर्नुपर्छ ।
मनभित्र बाइबल र भोट राखेर बौद्ध, हिन्दू, जैन, किराती तथा बोनहरूलाई बोक्नेहरूसंग सधैं सावधान रहौं । चर्को स्वरमा बुद्धको नाम लिंदैमा कुनै बौद्ध हुँदैन, बुद्धको देश नापालन गर्ने बौद्ध हुन्छ, वेदको उपदेशमा चल्ने वैदिक हुन्छ । म्यामारका बौद्ध धर्मगुरू विराथले भनेका छन् ‘बौलाहा कुकुरलाई माया गर्नु भनेको आफ्नो लागि मृत्यु निम्त्याउनु हो’ अतः नेपाली सभ्यतातथा सहअस्तित्वमा खलल पुर्याउने जुनसुकै ‘बौलाहा कुकुर’लाई माया गर्न छाडौं । सिद्धार्थ गौतम आफ्नै प्रयत्नबाट बुद्ध बनेका थिए, उहाँमाथि कसैले ज्ञान खन्याएको थिएन । तथ्य बुझौं र बिउझिने प्रयत्न गरौँ ।
असलमा, वैदिक सनातन धर्मको प्रचार प्रसार र विस्तार हुनु भनेको बौद्धहरूको विस्तार हो भने बौद्ध संस्कारको प्रचारप्रसार हुनु भनेको वैदिक संस्कृतिको प्रचार प्रसार हुनु हो ।
सनातन धर्ममा बुद्धलाई भगवान विष्णुको १० सौं अवतारका रूपमालिइएको छ भने बौद्धसाहित्यहरूमा ब्रह्मा, विष्णु, शिव इत्यादि देवीदेवताहरूको विभिन्न सन्दर्भमा उल्लेख गरिएको छ । दार्शनिक सिद्धान्तमा मतभेद उत्पन्न भएपछि बौद्धहरूले वेदको अपौरुषेयता प्रति असहमति व्यक्त गर्छन् । कर्म, दुःखउन्मुक्ति, संस्कार, आशा–निराशा, मुक्ति, संसार तथापुनर्जन्मका सवालमा हिन्दू र बौद्धमा पूर्ण एकता छ । यति बुझे बौद्धहरू पनि वैदिक नै हुन् भन्ने बुझ्न सकिन्छ ।
आफ्नो कल्याणका लागि ज्ञानको खोजी आफै गरौँ, प्रेरणाचाहिं त्रिपिटक, गीता, जैनागम जताततै बाट प्राप्त गरौँ । मेरो बुद्धत्व मभित्र र तपाईंको बुद्धत्व तपाईं भित्र लुकेको छ । बुद्धत्वको दायित्व आफ्नै हो । बुद्धलाई सम्मान गरौँ तर बौद्ध–चेतनाले दिएको सह अस्तित्वलाई खल्वल पार्ने बौलाहा कुकुरको पनि प्रतिवाद गरौँ । हिन्दू, बौद्ध, जैन, किराती र बोन मिलेर हिंडौं, यसैमा हाम्रो सहअस्तित्व छ, हाम्रो गौरव छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक