भेद प्रभुको जानूँ कसरी? (कविता )

भेद प्रभुको जानूँ कसरी? (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३ /बिक्रम श्रेष्ठ “सागर”

ब्रह्म र भ्रममा फरक छुट्याई ।
भेद प्रभुको जानूँ म कसरी ?

वृत्ति यो मनकोे सहज हटाई,
गरिदेऊ यो उपकार मलाई ।
पराश्रयताको जीवनहोइन,
स्वावलम्बनको शिख देऊ मलाई ।।

म ज्ञानको कुरामा हराएँ,
कर्मलाई सिरानीमा राखेँ ।।
प्रभातको किरणसँगै,
खुल्दा मेरो आँखा रसाए ।।

अतृप्त मेरो मनको खानी,
भरिदेऊ झोली हे महाज्ञानी ।।

नाशवान यो जीव संसार,
हुनुछ क्षणमै खरानी ।।

भेद प्रभुको जानूँ म कसरी ?
ब्रह्म र भ्रममा फरक छुट्याई ।

तपाइँको प्रतिक्रिया ।