नमेटिने चाहनाहरु (कविता )
कपन अनलाइन
धादिङ ,जेष्ठ २ /मुक्तिकला लामिछाने (सरू)
आजभोलि शुन्य छ मस्तिष्क
विलयन भएका छन् भावनाहरु
अपहरण भएका छन् चाहनाहरु
समयको पारबन्दी भित्र नपरेका
ति चाहनाहरु
कर्कलाको पानी जस्तै ढलपल हुँदै
हर प्रहर, कसैको महत्वकांक्षा बनेका छन्
कसैको इतिहास त कसैको हतियार बनेका छन् ।।
हराएका ति मेरा खुसीहरु
खोज्न सर्वच्चमा रिट दिएकी छु
अपहरित ति चाहना पाउन
न्यायलयका कठघरा धाएकी छु
तर विडम्बना
म निर्देशतामा नै हार्नेछु
नतिजाको बोध हुँदाहुँदै पनि
यी पाइलाहरु रोक्न मन छैन
स्वतन्त्र विचरण गर्ने मेरो आकाश
अरु कसैलाई दिन मन छैन
आफ्नो उन्मुक्ति र स्वतन्त्रता चाहनेले
अरुका पखेटा काट्नु हुँदैनथ्यो
काटे पनि नुनचुकसँगै साँध्नु हुँदैनथ्यो
सिर्जनाको, प्रतिक तिमी
स्वयमं सिर्जनालाई नै निमिट्यान्न पार्नु हुदैनथ्यो
पीडालाई एकसाथ महशुष गर्नु पथ्र्यो
पलपल आफ्नो जितमात्र खोज्नेले
अरुको अस्तिस्वलाई पनि स्वीकार्न सक्नुपथ्र्यो ।।
भौतिक समान देखाउन खोज्नेहरु
आत्मिक विषमता छरपष्ट भएको पत्तै पाएनन्
आफू सिर्जना बन्दा अरु उजाडिएको
भेउ सम्म पनि पाएनन्
यी सबैको उपज म भए
त्यसैले त मेरो सपना अपहरणमा प¥यो
अरुकै खुसीका लागि बिना धितो
बन्दक राखेका आफ्ना खुसी
म्याद नपुग्दै लिलामी भए
दन्केको आगोको राप ताप्न पल्केकाहरुबाटै
सल्किदैको झिल्को खोतलेरै ठोसियो
चाहना र आवश्यकता पुरा भएपछि
निष्काम सम्झि फाल्न थालियो
तर अपसोच
कसैको इतिहास र हतियार बनेका
ति अपहरित चाहनाहरु
अवश्य छुट्नेछन् समयको पर्खाइमा
चाहनाको गुञ्जनमा
त्यो सुनौलो किरण बनेर छाउने छ
यही धर्तीमा सिर्जनाको लहर बनेर
अनि सिंचित हुनेछ
यसै धरतीमा आफ्नै स्वतन्त्र अस्तित्व बोकेर
भाव शुन्य मस्तिष्क भरिभराउ हनेछ
आट र भरोसाले पुनः भोलिको आशलाग्दो
चम्किलो सपना बनेर
आम संसारको उज्ज्वल नक्षत्र बनेर ।।
(गजुरी–१, धादिङ)