जिल्ला प्रसासन कार्यालय काठमाडौं सवारी पास सम्बन्धि जरुरि सुचना !

जिल्ला प्रसासन कार्यालय काठमाडौं सवारी पास सम्बन्धि जरुरि सुचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले सवारी पास लगायत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको छ।

जिल्ला प्रसासन कार्यालय काठमाडौंले एक सुचना जारि गर्दै  एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्यास, खाद्य वस्तु, पशुपंक्षिजन्य आहारा, खसीबोका, माछा, तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनहरु पास विना गुड्न पाउनेछन्।

उल्लेखित सवारी साधन वाहेक सवारी पास विना सवारी साधन र पैदल यात्रुलाई काठमाडौँ प्रवेश निशेष गरिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।