प्रदेस सभा सदस्य केशव पोखरेलको पहलमा १२ विद्यालयका २३ सय ८३ जनालाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २।
काठमाडौं क्षेत्र नं ९ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य केशव प्रसाद पोखरेलको पहलमा चाईना फाउन्डेसन फर पुभर्टि एलिभेसन तथा राष्ट्रिय अपांग पुनःस्थापन समाज नेपालकाे सहयाेगमा नागार्जुन र चन्द्रागिरी नगरपालिकाका १२ वटा सामुदायिक विद्यालयका विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न सहयोग गरिएको छ।
नागार्जुन तथा चन्द्रागिरि नगरपालिकाका १२ वटा विद्यालयका २३ सय ८३ जना विद्यार्थी तथा अभिभावकहरुलाई १ बाेरा चामल,५ केजी दाल र ३ लिटर तेल सहयोग गरिएको थियो।
चन्द्रागिरि नगरपालिका वडा नं.१ दहचाेकका वडा अध्यक्ष राजेन्द्र केसी, नागार्जुन नगर कार्यपालिका सदस्य एवं नागार्जुन -८ की वडा सदस्य चन्दा श्रेष्ठ बिध्यामन्दिर माविका प्रअ माधव गाैतम र रत्नराज्य माविका शिक्षक उद्दव राज पुरीलाई चाईना फाउन्डेसनकी म्याडम जाउले खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन।
उक्त खाद्यान्न सामाग्री नर्सरी देखि ५ कक्षा सम्मका बिध्यार्थि तथा अभिभावकलाई आइतवार बाट बितरण गरिनेछ।