परस्त्री संग रंगेहात भेटिएको समाचार प्रति खिजिदेम्बा- १ का अध्यक्ष सरोज कुमार सुनुवारको आपत्ति

परस्त्री संग रंगेहात भेटिएको समाचार प्रति खिजिदेम्बा- १ का अध्यक्ष सरोज कुमार सुनुवारको आपत्ति

कपन अनलाइन 

ओखलढुंगा,जेष्ठ २।

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं १ रगनिका अध्यक्ष सरोज कुमार सुनुवारले एक बिज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या गर्ने गरि विभिन्न संचार माध्यममा प्रकासित समाचार प्रति दुख व्यक्त गरेका छन।

विभिन्न संचार माध्यमले वडा अध्यक्ष सुनुवारका वारेमा “परस्त्री संग अनैतिक सम्बन्ध राख्दा राख्दै छोरीले देखे पछी”   भन्ने शिर्षकमा प्रकासित समाचारले आफु र आफ्नो परिवारलाई मानसिक तनाव दिएको उल्लेख गर्दै यसमा कुनै सत्यता नरहेको अध्यक्ष सुनुवारले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

वडा नं १ मा रहेको तिन पुरी भुजेल टोलमा रहेको एक महिला संग यौन सम्पर्क गर्दा गर्दै अध्यक्ष सुनुवारलाई छोरीले भेटेको भनि प्रकासित भएको समाचार झुटो भएको दावी गर्दै उनले यसमा षडयन्त्र भएको दावी गरेका छन।

तपाइँको प्रतिक्रिया ।