प्रदेस सभा सदस्य केशव पोखरेलको पहलमा १२ विद्यालयका २३ सय ८३ जनालाई खाद्यान्न सहयोग

प्रदेस सभा सदस्य केशव पोखरेलको पहलमा १२ विद्यालयका  २३ सय ८३ जनालाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

काठमाडौं क्षेत्र नं ९ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य केशव प्रसाद पोखरेलको पहलमा चाईना फाउन्डेसन फर पुभर्टि एलिभेसन तथा राष्ट्रिय अपांग पुनःस्थापन समाज नेपालकाे सहयाेगमा नागार्जुन र चन्द्रागिरी नगरपालिकाका १२ वटा सामुदायिक विद्यालयका विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न सहयोग गरिएको छ।

नागार्जुन तथा चन्द्रागिरि नगरपालिकाका १२ वटा विद्यालयका २३ सय ८३ जना विद्यार्थी तथा अभिभावकहरुलाई १ बाेरा चामल,५ केजी दाल र ३ लिटर तेल सहयोग गरिएको थियो।

चन्द्रागिरि नगरपालिका वडा नं.१ दहचाेकका वडा अध्यक्ष राजेन्द्र केसी, नागार्जुन नगर कार्यपालिका सदस्य एवं नागार्जुन -८ की वडा सदस्य चन्दा श्रेष्ठ बिध्यामन्दिर माविका प्रअ माधव गाैतम र रत्नराज्य माविका शिक्षक उद्दव राज पुरीलाई चाईना फाउन्डेसनकी  म्याडम जाउले खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन।

उक्त खाद्यान्न  सामाग्री  नर्सरी देखि ५ कक्षा सम्मका बिध्यार्थि तथा अभिभावकलाई आइतवार  बाट बितरण गरिनेछ।

 

तपाइँको प्रतिक्रिया ।