नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीको नेतृत्वमा खाद्यान्न सहयोग

नेपाली कांग्रेसका महासमिति  सदस्य बिमल ठकुरीको नेतृत्वमा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं,जेठ २।कोभिड–१९ जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले अङ्गिकार गरेको लकडाउन नीतिबाट दैनिक गुजारा चलाउन अप्ठेरो परेका व्यक्तिलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ । बिहिबार गोकर्णेश्वर नगरपालिका वडा ३ तारेभिरमा लकडाउन’ बाट प्रभावित श्रमजीवी परिवारलाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको हो ।

 विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न सरकारले  लागु गरेको  लक डाउनका कारण  दैनिक ज्यालादारीबाट गुजारा चलाउने व्यक्तिमा परेको समस्यामा सुल्झाउन लागि  उनको नेतृत्वमा प्रति परिवार एक बोरा चामलको दरले   ४५ बोरा चामल लगायतको खाद्यान्न  सहयोग गरिएको थियो ।

सो सहयोग कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिका प्रबक्ता एबम वडा नं ८ का अध्यक्ष मनोज कुमार ढुंगानागोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्ष्मण गोले, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी ,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष किरण केसी ,नेकपा नेता हर्क बहादुर तामाङ, गोकर्णेश्वर नगरपालिका सहकारी बिभाग संयोजक लक्ष्मण चौलागाईं लगायत स्थानीयको उपस्थितिमा सामाजिक दुरी कायम गरि खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

त्यस्तै बिहिबार नै  गोकर्णेश्वर नगरपालिका वडा २ नयांपाटीमा पनि  नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरीले गोकर्णेश्वर नगरपालिका वडा २ का इकाई सभापति प्रेम प्रसाद श्रेष्ठलाई लक डाउनका कारण विपन्न, अशक्त, असह्य, ज्यालादारी मजदुरहरुको लागि  २२ बोरा  चामल सहयोग गरिएको थियो ।

यस अघि पनि आफ्नो बुवा स्व. चक्र बहादुर ठकुरीको पाँचौ स्मृतिको अवसर पारेर बिमल ठकुरीले काठमाडौंका बिभिन्न बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने अभियानलाइ  खाद्यान्न लगायतको सामग्री सहयोग गरेका थिए। उनले सोहि अभियानलाइ जारी राख्दै  वडा तथा नगरपालिकाको समन्वयमा खाद्यान्न सहयोग गर्दै आएका छन ।

लकडाउनका कारण काम गर्न नपाउँदा जीवन निर्वाहमै समस्या पर्न थालेकाले ‘मानवीय संबेदनशीलतालाइ बुझ्दै सकेको सहयोग गरेको बताए। उनले लकडाउन लम्बिदै जाँदा वडा बाट वितरण गरिएको राहत  समेत पर्याप्त नभएको हुँदा त्यस्ता ब्यक्तिहरुको आफुले सकेको सहयोग गरेको बताए। उनले संकटको बेलामा सबै जना एक जुट हुनुपर्नेमा जोड दिदै कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण नहुँदा सम्म समस्यामा परेकाहरुलाई सहयोग जारी राख्नु पर्ने बताउदै संकटमा सबै जनाले निस्वार्थसेवा भावले सहयोग गर्नु पर्ने बताए ।

फोटो :आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।