नेपाल फ्लाइङ डिस्क फेडरेशन र जापान फ्लाइङ डिस्क एसोसिएसनबीच महत्वपूर्ण भेटवार्ता

नेपाल फ्लाइङ डिस्क फेडरेशन र जापान फ्लाइङ डिस्क एसोसिएसनबीच महत्वपूर्ण भेटवार्ता

 

कपन अनलाइन

काठमाडौं,साउन २२ ।
नेपाल फ्लाइङ डिस्क फेडरेशनका बोर्ड सदस्यहरूको टोलीले आज टोकियोमा जापान फ्लाइङ डिस्क एसोसिएसन (JFDA) का अध्यक्ष तथा महासचिवसँग महत्वपूर्ण भेटवार्ता गरेको छ।

भेटमा नेपालमा फ्लाइङ डिस्क खेलको विकास, खेलाडी तथा प्रशिक्षक विकास, प्राविधिक ज्ञान आदान–प्रदान, प्रशिक्षण, प्रतियोगिता तथा नेपाल–जापानबीच सहकार्यका विषयमा छलफल भएको थियो।

जापान विश्व फ्लाइङ डिस्क खेलको अग्रणी राष्ट्रमध्ये एक हो। WFDF को १ जनवरी २०२६ को Ultimate World Ranking अनुसार जापान विश्वमा चौथो स्थानमा रहेको छ।

नेपाल फ्लाइङ डिस्क फेडरेशनले जापानको अनुभव र विशेषज्ञताबाट सिक्दै नेपालमा फ्लाइङ डिस्क खेललाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने लक्ष्य लिएको छ।

यस भेटवार्ताले नेपाल–जापान फ्लाइङ डिस्क खेलकुद सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण आधार तयार गरेको छ।

तपाइँको प्रतिक्रिया ।