गोकर्णेश्वर ८ मा हाल सम्म कोरोना संक्रमित नभेटिए पनि सतर्कता अपनाउन छाड्नु हुदैन :वडा सदस्य नन्दलाल श्रेष्ठ
कपन अनलाइन
काठमाडौं बैशाख ३१। कोरोना भाइरस ‘कोभिड–१९’को कारण यतिखेर विश्व ठुलो संकटमा छ । मानव समाजको इतिहासमा विश्वले यसप्रकारको त्रासदी पहिलो पटक खेपिरहेको छ । गत ११ चैत २०७६ देखि नेपाल पनि ‘लकडाउन’को अवस्थामा छ । मुलुक कोरोना विरुद्धको लडाइमा छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले त्यतिकै चटारो छ। बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन्।
सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना गर्न अधिकांश नागरिक घरभित्रै भए पनि स्थानीय तहका जनप्रतिनिधि भने न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच सेवा प्रवाहमा खटिँदै आएका छन् । स्वास्थ्यकर्मी सुरक्षाकर्मी पछि स्थलगत रूपमै खटिएर कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने काममा जनप्रतिनिधि यतिबेला सक्रियरहेका छन् । जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ
गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा दैनिक करिव १८ सय जनालाई दैनिक निशुल्क भोजन गराउने अभियान मा स्थानीय स्वयं सेवक संगै सक्रिय व्यवस्थापनको भूमिका निर्वाह गरेका उनले वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेका छन । स्थानीयको सहयोगमा विदेश बाट भर्खरै फर्किएका हरुको अभिलेख तयार गर्ने देखि लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेल्दै आएका श्रेष्ठले विषम परिस्थितिमा स्वास्थ्य ख्याल नगरी खटिरहेका छन ।
नगरपालिका भित्र कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रण र उपचारका लागि सञ्चालन कोभिड–१९ विरुद्ध हुने सवैजसो गतिविधिमा संलग्न रहदै स्वास्थ्यकर्मी संग नियमित सम्पर्क गरिरहेका उनले वडाबासीलाई कुनै पनि समस्या आइपरे समाधान गर्नको लागि समन्वय गर्न पछि पर्दैनन् ।राहत वितरण अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका उनले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै वडा भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी लिएर सामाजिक दुरी कायम गराउन, लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा सचेतना जगाउने कार्यमा समेत सहयोगी भूमिका खेल्दै आएका उनले हाल सम्म वडामा कसैलाई पनि संक्रमण नदेखिएको बताए। तर उनले त्यसो भन्दैमा सतर्कता अपनाउन भने छाड्न नहुने उनि बताउछन्।
हाल सम्म वडामा १५ जना पुरुष र १२ महिला गरि २७ जनाको कोरोना परिक्षण गरिएकोमा सबैको नजिता नेगेटिभ आएको जानकारी गराए ।संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका बताउदै ,उनले विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्र संग संगै नेपालमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा लकडाउन लाइ पूर्ण रुपमा पालना गरि घरमै बस्न वडा बासीलाई अनुरोध गरेका छन ।
उनले कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका खानाको प्याकेट वितरण गर्ने अभियानमा सक्रियपुर्वक सहयोग गर्ने स्वयं सेवक एबम सहयोगी दाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा नं ८ को तर्फ बाट धन्यबाद ज्ञापन गरेका छन ।
उनले पछि परिस्थिति अनुसार निशुल्क भोजन कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गर्दै उनले विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ को नि:शुल्क भोजन खुवाउने अभियानमा सहयोगी दाताहरू मार्फत प्राप्त नगद,जिन्सी तथा खाद्यन्न सहयोग सामग्रीको समेत पारदर्शी रुपमा बिवरण सार्वजनिक गरिएको पनि बताए ।
उनले गोकर्णेश्वोर नगरपालिका वडा नं ८ मा बैशाख ६ गते देखि बैशाख २६ गते सम्म संचालित बिहान बेलुकाको निशुल्क भोजन अभियानमा सहयोगी दाताहरु बाट संकलन भएको कुल रकम ७,३०,५०० रहेको र सो बाट ६,४८,६४१ रुपैया खर्च भएको जानकारी गराउदै बाँकी भएको ८१,८५९ रुपैया वडाको राहत कोष खडा गरि जगेडा राख्न लागेको पनि बताए ।
लक डाउन खुकुलो हुदा उपत्यकामा भिडभाड बढेको र नाकामा कडाइ गरिएको भनिए पनि विभिन्न जिल्लाबाट उपत्यकामा मानिस भित्रिने क्रम बढेकोमा चिन्ता ब्यक्त गर्दै नाकामा कडाइ गर्न अनुरोध गरेका छन । उनले दिन प्रतिदिन कोरोना संक्रमित बढेको हुँदा आम वडा बासीलाई घरमै सुरक्षित रहन र लकडाउन पूर्ण रुपले पालन गर्न पनि अनुरोध समेत गरेका छन।