बजेट तथा योजना निर्माणका लागि सघन छलफलमा बुढानिलकण्ठ वडा नं १२
कपन अनलाइन
काठमाडौं ,बैशाख ३१।
बुढानिलकण्ठ नगरपालिका वडा १२ ले आगामी वर्षको बजेट निर्माण र आगामी योजनाका वारेमा नेकपाका नेता तथा कार्यकर्ताहरु संग सुझाव लिएको छ। वडा १२ ले आगामी आर्थिक वर्षमा बजेट निर्माण गर्दा प्राथमिकतामा राख्नुपर्ने भौतिक विकास निर्माण,सामाजिक कार्यक्रम , खेलकुद तथा अन्य क्षेत्रमा बनाउनु पर्ने योजनाका वारेमा राय सुझाव लिएको वडा अध्यक्ष शम्भु भट्टराईले बताएका छन।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बागमती प्रदेसका सचिवालय सदस्य सुन्दर पुर्कुटीको प्रमुख आतिथ्यता भएको छलफलमा वडा सदस्य पुरुषोत्तम नेपालले वडामा निर्माण सम्पन्न गर्न बाकी योजना र हाल सम्म गरेका कामहरूको वारेमा जानकारी गराएका थिए ।
नेकपा जिल्ला कमिटी सदस्य राज कुमार कार्की,कुसुम बिक,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी, नगर कार्यपालिका सदस्य शान्ता ढकाल, वडा सदस्य मिना बयलकोटी सहित नेकपा नगर कमिटी सदस्यहरुको उपस्थितिमा भएको छलफलमा आएका सुझावलाई वडाको योजनामा समेट्ने अध्यक्ष भट्टराईले बताएका छन।
त्यस्तै उक्त छलफलमा सहभागी नेकपा बुढानिलकण्ठ नगर कमिटिका सदस्य निरन्जन नेपाल,सिपि आचार्य ,सावित्रा ढकाल ,सुमित्रा श्रेष्ठ लगायतले वडाले आगामी योजना बनाउदा चुनावी घोषणा पत्र अनुसार बाकि रहेका योजनामा केन्द्रित हुनु पर्ने विचार राखेका थिए।
त्यस्तै छलफलमा बोल्दै नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले वडाले आफ्नो योजना निर्माणमा सामुहिक सहभागिताका लागि छलफल आयोजना गरेकोमा धन्यवाद दिदै बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका अध्यक्षहरुको टेवलमा चुनावी घोषणा पत्र हुनपर्ने धारणा राखेका थिए।
त्यस्तै असल र सकरात्मक कामको प्रचारका लागि ठोस योजना निर्माण गर्न वडालाई आग्रह गर्दै अध्यक्ष अधिकारीले कसैले केहि हजारको सामान्य सहयोग गर्दा अतुलनीय योगदान भन्ने र डा .राजन भट्टराईको पहलमा निर्माणाधीन ३ अर्व भन्दा बढीका विभिन्न योजनाको प्रचारमा स्थानीय संचार माध्यम उदासिन बन्ने प्रवृति देखेर आश्चर्य लागेको धारणा व्यक्त गरेका थिए।
त्यस्तै उक्त छलफलमा बोल्दै नेकपा काठमाडौं जिल्ला कमिटिका सदस्य राजकुमार कार्कीले वडामा रहेका प्रतिभावान युवा र खेलाडीहरुको अन्त रास्ट्रिय पहुच र पहिचानका लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।
त्यस्तै उक्त छलफलका प्रमुख अतिथि नगरपालिकाका जनसम्पर्क सल्लाहकार समेत रहेका नेकपा नेता सुन्दर पुर्कुटीले पार्टी ,जनता र जनप्रतिनिधि विचको समन्वय र सहकार्यमा जोड दिदै अवका योजना दुरगामी महत्व राख्ने गरि निर्माण गर्नका लागि सुझाव दिएका थिए। विकास संगै अन्य बजेट निर्माण गर्दा अधिकतम जान सहभागिता रहने परिणाममुखी र उत्पादनशील हुनुपर्ने उनको धारणा रहेको थियो।