छहारीको निशुल्क भोजन अभियानमा हिमानी ट्रष्टको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २७।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको एकल महिला समुहको छहारी भवन बाट दैनिक वितरण हुदै आएको निशुल्क भोजन अभियानकालाई हिमानी ट्रष्टले सहयोग गरेको छ।
ट्रष्टले उक्त अभियानको नेतृत्व गरिरहेकी महिला अधिकारकर्मी लिली थापालाई ७४ बोरा चामल सहयोग गरेको थियो।निशुल्क भोजन अभियान शुरु भएको २३ औ दिन सम्म करिव २५ हजार विपन्न नागरिकलाई भोजन उपलव्ध गराइसकेको छ।
हिमानी ट्रष्टले विभिन्न संस्था तथा व्यक्तिलाई कोषले वितरण गरेको सामग्रीमा खाद्य तथा स्वास्थ्य सामग्री रहेका छन् । कोषले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पीपीइ, मास्क, पञ्जा र स्यानिटाइजर वितरण गरेको छ । त्यस्तै काठमाडौ महानगरपालिका वडा नं ३ लाई २०थान पीपीइ, मास्क र स्यानेटाइजर कोषले दिएको छ ।
त्यस्तै आर्यघाटमा रहेर शव व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि कोषले पीपीइ, मास्क र स्यानेटाइजर वितरण गरेको छ । कोषले काठमाडौंमा रहेको कालिमाटी फलफूल तथा तरकारी बजार, नक्साल, चावहिल, जोरपाटी, कोटेश्वरमा रहेका व्यापारीलाई पनि मास्क, ग्लोब्स, डिसइन्फेक्सन स्प्रे वितरण गरेको थियो भने पशुपति विकास कोषलाई २० बोरा चामल, ४ सय केजी दाल र एकल महिलाका लागि काम गर्दै आएको छहारी नामको संस्थालाई ७४ बोरा चामल वितरण गरिएको छ ।
त्यस्तै त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थी, जोरपाटी क्षेत्रमा रहेका अपाङ्गता भएका परिवार, भक्तपुरमा गन्धर्व परिवार, मानवीय सरोकार बालगृह र विद्युत प्राधिकरणका कर्मचारीका लागि पनि राहत सामग्री वितरण गरिएको थियो । हिमानी ट्रष्टले पहिलो चरणमा पनि विभिन्न संस्था र व्यक्तिलाई मास्क, पञ्जा वितरण गरेको थियो ।