कागेश्वरी मनोहरा नगरपालिकाले राहतको लागि रोजगारी कार्यक्रम ल्याउने
कपन अनलाइन
काठमाडौं बैशाख २६ । कागेश्वरी मनोहरा नगरपालिकामा सामाजिक दुरी कायम गर्दै कार्यपालिका बैठक बिहिबार सम्पन्न भएको छ। उक्त बैठक बाट थप गरिएको लकडाउनको समयमा राहतको लागि रोजगारी कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको बैठकमा बैठकमा नगर उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, प्रवक्ता राजाराम पुडासैनी, प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञावली लगायत वडा अध्यक्षहरु र नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।बैठकमा लकडाउन को समिक्षा गरिनुको साथै लकडाउन अवधिका लागि दैनिक ज्याला मजदुरी गरिखाने बर्गका लागि नयाँ कार्यक्रम राहत को लागि रोजगारी ल्याउने र नगरका प्रत्येक वडाले वडामा विकास निर्माण र सरसफाईको काम डोर हाजिरमा लगाई रोजगारी दिने निर्णय गरिएको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए ।
त्यसैगरी बैठकले लकडाउनलाई अझ बढि व्यवस्थित बनाउनका लागि सम्पूर्ण वडामा सञ्चालन गरिएको मेस बन्द गर्ने पनि निर्णय गरेको पनि बताए । उनका अनुसार नगरपालिका क्षेत्रमा असंगठित क्षेत्रका मजदुर,दैनिक ज्यालादारी गर्ने एबम अति बिपन्न नागरिकहरुलाई समन्वयमा स्वयं सेवक ब्यक्ति संस्था र दाताहरुको सक्रियतामा निशुल्क भोजन गराई आएकोमा उक्त सेवाको सर्वोत्कृष्ट नमुना प्रस्तुत गरेकोमा सम्पूर्ण संघ संस्था एबम स्वयम् सेवक र दाताहरुलाइ कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट नगर प्रमुख कृष्णहरि थापाले आभार ब्यक्त गरेको बताए ।
नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा गराइदै आइरहेको निशुल्क भोजन अभियान स्थगित गरिएको जानकारी गराए।साथै उनले पछि परिस्थिति अनुसार सो क् कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए।