मापसे गरेका एम्बुलेन्स चालकका कारण गौशलामा दुर्घटना

मापसे गरेका एम्बुलेन्स चालकका कारण गौशलामा दुर्घटना

बैशाख २५, काठमाडौँ ।

 वैशाख २५ गते अन्दाजी १५:३० बजेको समयमा मित्रपार्कबाट एयरपोर्ट तर्फ आउदै गरेको बा १० च ८५१३ नं. को निजि कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नं को एम्बुलेन्सले गौशला सडक खण्डमा ठक्कर दिएको छ।

उक्त घटनामा निजी कार चालक सामान्य घाईते हुदा दुबै सवारी साधनमा क्षति भए पनि  कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

एम्बुलेन्स चालक मोरङ पथरी नगरपालिका बस्ने बर्ष ३६ का  राम बहादुर चौधरीले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जानकारी दिएको छ

काठमाडौं गोगबुं बस्ने बर्ष २९ को सविन श्रेष्ठले चलाएको निजि कारलाई ठक्कर दिएर दुर्घटना भए पश्चात दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमाराखिएको छ ।

तपाइँको प्रतिक्रिया ।