गोकर्णेश्वर नगरपालिकामा हाल सम्म आरडिटी टेस्ट पोजिटिभ देखिएको छैन :जनस्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्याय
कपन अनलाइन
काठमाडौं बैशाख २५। गोकर्णेश्वर नगरपालिकामा हाल सम्म कुनै पनि कोरोना संक्रमित फेला नपरेको गोकर्णेश्वर नगरपालिकाका जनस्वाथ्य अधिकृत हरि प्रसाद उपाध्यायले बताएका छन् । गोकर्णेश्वर नगरपालिका भित्र विदेश बाट फर्किएकाहरु सबैको तथ्यांक संकलन गरि उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको र उक्त परिक्षण बाट कसैको पनि नतिजा पोजीटिभ नआएको पनि जानकारी गराए ।
उनले गोकर्णेश्वर नगरपालिका भित्र बैशाख २० गते सम्ममा ७९ जना पुरुष र ६२ जना महिला गरी जम्मा १४१ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको बताए। उनका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २ जना पुरुष ,त्यस्तै वडा नं २ मा ६ जना पुरुष र ११ जना महिला त्यस्तै वडा नं ३ पुरुष २ जनाको र वडा नं ४ मा ६ जना पुरुष र ६ जना महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षण गरिएको बताए ।त्यस्तै उनले गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा पुरुष १६ जना र महिला १४ जना त्यस्तै वडा नं ६ मा पुरुष २० जना र महिला ८ त्यस्तै वडा नं ७ मा २ जना पुरुष र ५ जना महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)गरिएको बताए ।
त्यसैगरि वडा नं ८ मा १५ जना पुरुष र १२ जना महिला र वडा नं ९ मा १० जना पुरुष र ६ जना महिलाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको र टेस्ट गरिएको र सबैको नतिजा नेगेटिभ आएको बताए उनले नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी स्थित याङ्ग्री अस्पतालमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) टेस्ट गरिएको बताएउनले विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको बताउदै रुघा, खोकी, ज्वरो आदि लक्षण देखिई शङ्का लागेकालाई पनि यो परीक्षण गरिने बताए ।उनले विदेश बाट आएका तथा संका लागेका ब्यक्तिको सुचना जनप्रतिनिधि अथवा नगरपालिकामा दिएर सहयोग गर्न पनि अनुरोध गरेका छन । उनले बैशाख २० गते गते पछि पनि थप र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको जानकारी गराए ।
साथै नगरपालिकाले कोरोना भाइरस (कोभिड — १९) को सम्भावित महामारी निगरानी गर्न काठमाडौं महानगरपालिकाले शुरु गरेको ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’लाइ गोकर्णेश्वर नगरपालिकाले पनि शुरु गरेको बताउदै ।यस प्रणालीमा कोभिड १९ सँग सम्बन्धित विशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य जाँचेर र विश्लेषण सूचना राखिएको बताए ।
उनले त्यस एपमा व्यक्तिले भरेको विवरणको आधारमा उसलाई कोरोना भाइरस संक्रमण भएको वा नभएको, उसले अपनाउनुपर्ने सावधानी, घरमै बसे हुने वा स्वास्थ्य संस्थामा जानुपर्छ जस्ता सूचना पाइने पनि जानकारी गराउदै नगरपालिकाले संचालनमा ल्याएको Nepal Covid-19 Surveillance system नगरबासी तथा उनीहरुको सम्पूर्ण परिवारका सदस्यहरुले अनिवार्य तथा यो रोग एउटा सरुवा रोग भएकोले यसको संक्रमण जो सुकैलाइ हुन् सक्ने , जोखिम हुने हुँदा सम्पूर्ण नगरबासीले यो एप्स प्रयोग गरि आ आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी स्वयं लिई स्वास्थ्य लाभ लिन पनि अनुरोध गरेका छन् ।उनले सो बिवरण गोप्य रहने पनि जानकारी गराए। साथै उनले यो विपदको घडीमा नगरपालिका नगरबासीको साथमा सदैब रहने समेत बिश्वास दिलाएका छन।
यो प्रणालीले कोभिड–१९ को संक्रमणको सम्भावनालाई सजिलोसँग पहिचान गर्न र व्यक्तिको स्थितिको गम्भीरता आफैंले मुल्याङ्कन गर्न सघाउने बिश्वास ब्यक्त गर्दै सो एप प्रयोगको लागि एन्ड्रोएड प्रयोगकर्ताहरुले आ आफ्नो मोबाइल को प्ले स्टोर मा गइ Nepal COVID-19 Surveillance टाइप गरि Search गर्ने र Nepal Covid-19 Surveillance नामक अप्लिकेसन इन्स्टल गर्नु पर्छ ।
हाललाई यो एप्लिकेसन एण्ड्रोएड अपरेटिङ सिस्टम भएको मोबाइलमा उपलब्ध रहेको छ। साथै यु ट्युबमा पनि सो सम्बन्धि जानकारी लिन सकिनेछ भने सो सम्बन्धि अन्य जानकारीको लागि www.Gokarneshwormum.gov.np तथा गोकर्णेश्वर नगरपालिकाको फेसबुक पेज Gokarneshwormunicipality मार्फत पनि लिन सकिने बताए ।यसमा प्रयोगकर्ताले आफ्नो वा आफन्तका बारेमा सूचना भर्न सक्नेछन् । ती सूचनालाई प्रणालीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीले हेरेर ती व्यक्ति खतरामा छन् कि छैनन् जानकारी दिने हुँदा ।व्यक्तिले प्रत्येक दिनको तीन पटक आफ्नो स्थिति एपमा अपडेट गर्नुपर्नेछ र गोकर्णेश्वर नगरपालिकाले गठन गरेको डाक्टर स्वास्थ्यकर्मीको टिमले व्यक्तिको स्थिति हेरेर घरमै बस्ने कि अस्पताल जाने भन्ने सल्लाह दिने पनि पनि जानकारी गराए ।