नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी द्वारा खाद्यान्न सहयोग

नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी द्वारा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २५।नेपाली काग्रेसका महासमिति सदस्य बिमल ठकुरी द्वारा खाद्यान्न सहयोग गरेका छन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा कागेश्वरी मनोहरा  नगरपालिका वडा नं ३ भद्रबासमा आज उनले खाद्यान्न सहयोग गरेका हुन्। उनले उक्त क्षेत्रमा रहेका करिब १८ परिवारलाइ प्रति परिवार एक बोरा चामल सहयोग गरेका हुन् ।

यस अघि पनि उनले आफ्नो बुवा स्व. चक्र बहादुर ठकुरीको पाँचौ स्मृतिको अवसर पारेर काठमाडौंका बिभिन्न बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने अभियानलाइ  सहयोग गर्दै खाद्यान्न लगायतको सामग्री सहयोग गरेका थिए। उनले सोहि  अभियानलाइ जारी राख्दै बिहिबार  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा  वडा संगको समन्वयमा खाद्यान्न सहयोग गरेका हुन् ।विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बाल्न मुश्किल भएको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि नि:शुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बिमल ठकुरीले बताए ।

 उनले सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका भन्दै  उनीहरु न आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा आफ्नो तर्फ बाट सकेको सहयोग गरेको बताए। उनले लक डाउन बाट मध्यम बर्गीय परिवारहरु समेत पिडामा रहेको  बताउदै त्यस्ता परिवारको लागि पनि  राज्यले सोच्नु पर्ने बताए ।उनले संकटको समयमा सबै जना एक जुट हुनुपर्नेमा समेत जोड दिएका छन् । सो कार्यक्रममा  नेपाली काग्रेसं काठमाडौं जिल्ला कोषाध्यक्ष गोबिन्द पुडासैनी,कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३  का वडा सदस्य सुन कुमार नगरकोटी गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी , लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।