बुढानिलकण्ठ-५ मा सबै आपतकालीन सेवाको व्यवस्था गरेका छौ :विजय तामांग (अध्यक्ष )

बुढानिलकण्ठ-५ मा सबै आपतकालीन सेवाको व्यवस्था गरेका छौ :विजय तामांग (अध्यक्ष )

कपन अनलाइन 

काठमाडौं ,बैशाख १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष विजय तामांगले आफ्नो वडामा रहेका सुत्केरी,अशक्त तथा औसधि उपचार गर्नुपर्ने वडा वासीलाई आपतकालीन सेवामा व्यवस्था गरेको बताएका छन।

वडा नं ५ ले स्थानीय बस व्यवसायी संघ संगको सहकार्यमा विरामीहरुलाई सहयोग तथा आफ्नो जन्मस्थान फर्कन चाहाने नागरिकहरुलाई ब्यावस्थापन गरेको जानकारी दिदै अध्यक्ष तामांगले लकडाउन प्रभावकारी बनाउनका लागि ४६ जना स्वयंसेवक परिचालन गरीएको जानकारी दिए।

अहिले बाहिर बाट कोहि कामदार ल्याउने अवस्था नरहेकोले पर्म संस्कृतिलाई पुन: जीवित गर्दै सुरक्षित तरिकाले खेतीपाती गर्नका लागि अनुरोध गरेको बताउदै अध्यक्ष तामांगले आवस्यक परेमा बिउ बिजनको लागि वडाले सहयोग गर्ने जानकारी दिएका छन।

करिव ६ सय जनालाई वडाका माथिल्लो चिसेनी ,तल्लो चिसेनी ,डाँडागाउँ ,दुलाल गाउँ,देउला टोल लगायतका स्थानमा पहिलो चरणको राहत वितरण गरिएको र केहि स्थानका विपन्न परिवारलाई सहयोगीहरुको व्यक्तिगत पहलमा समेत सहयोग गरेको अध्यक्ष तामांगले बताएका छन।

वडा नं ५ अहिले सम्म पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिदै अध्यक्ष तामांगले सरकारले लकडाउन खुल्ला नगरुन्जेल यसको पूर्ण पालना गर्नका लागि अपिल गरेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।