बुढानिलकण्ठ-१० को निशुल्क भोजन अभियानमा प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १३।
बुढानिलकण्ठ नगरपालिका वडा -१० ले शुरु गरेको निशुल्क भोजन वितरण अभियानको छैटौ दिन बागमती प्रदेसका प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ ब्यक्तिगत सहयोग गरेका छन।
करिव १ हजार जनालाई घर घरमा लगेर निशुल्क भोजन गराउदै आएको बुढानिलकण्ठ नगरपालिका वडा नं १० को पहलमा सहयोग गरेको बताउदै प्रदेस सभा सदस्य श्रेष्ठले अहिलेको समय एकले अर्कालाई ,हुनेले नहुनेलाई सहयोग गर्ने वेला रहेको बताएका छन।
त्यस्तै वडावासिको भोको पेट भर्ने अभियानमा सहयोगी व्यक्तिहरुको उच्च सम्मान गर्दै श्रेष्ठले वडाका अन्य अभियानमा पनि आफ्नो सहयोग रहने प्रतिवादत्ता व्यक्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।