लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा खिजीदेम्बा गाउँपालिकालाई सहयोग

लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा खिजीदेम्बा गाउँपालिकालाई सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख १३।

लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा  जिल्लाको खिजीदेम्बा गाउँपालिकाका लागि  गाउँपालिकाका लागि विभिन्न सामाग्री सहयोग गरिएको छ।

काठमाडौँ उपत्यकामा रहेका विभिन्न लायन्स क्लबहरू, संघ संस्था र व्यक्तिहरूको सहयोगमा संकलित सामग्रीहरू गाउँपालिकाका प्रमुख बेदबहादुर रोक्कालाई हस्तान्तरण  गरिएकोहो ।

उक्लात सामाग्री लायन्स क्लब अफ डिस्ट्रिक ३२५ ए वान ,लायन्स क्लब अफ काठमाडौं रिजेन्सि,लायन्स क्लब अफ काठमाडौं मोडल ,लायन्स क्लब अफ काठमाडौं कान्तिपुर,ओखलढुङ्गा विपद् व्यवस्थापन समाज,रावादोलु भुसिंगा  सरोकार समाज काठमाडौं ,यसम सेवा समाज, ओखलढुङ्गा ,गाम्नागटार सेवा समाज,सहिद लिला यसोदा दाहाल स्मृति प्रतिष्ठान,  नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति,नेपाल कम्यूनिष्ट पार्टी ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क मञ्च ,नेपाली कांग्रेस लिखु ओखलढुङ्गा काठमाडौं सम्पर्क समिति सहित विभिन्न व्यक्तिहरुले  सहयोग गरेका थिए।

त्यस्तै उक्त क्लवको सक्रियतामा ओखलढुंगा र सोलुखुम्बु जिल्लाका ११ लमजुंग जिल्ला बाट काठमाडौं ल्याएर जिल्ला पठाएको लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाका प्रेसिडेन्ट बालकृष्ण दाहालले बताए।

त्यस्तै ओखलढुंगा सामुदायिक अस्पताल(मिसन अस्पताल) र रुम्जाटार अस्पतालका लागि ६ सेट PPE र २ head set हाम्रो “COVID-19 सपोर्ट कार्यक्रम ओखलढुंगा” अभियान अन्तर्गत सहयोग गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।