बागमती प्रदेस सरकारको नीति तथा कार्यक्रमका लागि बुढानिलकण्ठ तथा टोखाका कर्मचारीहरुको सुझाव

बागमती प्रदेस सरकारको नीति तथा कार्यक्रमका लागि बुढानिलकण्ठ तथा टोखाका कर्मचारीहरुको सुझाव

कपन अनलाइन 

काठमाडौं ,बैशाख १२।

काठमाडौँ क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित प्रतिनीधी सभा सदस्य  दिपक निरौलाको संयोजनमा बुढानिलकण्ठ तथा टोखा नगरपालिकाका विभागीय प्रमुखहरु संग बागमती प्रदेस सरकारको  आगामी आ.व. २०७७-७८ को नीति कार्यक्रम तथा बजेटका वारेमा छलफल गरिएको छ।

प्रदेश सभा सदस्य भिमसेन खत्रि, सीता लामा ,टोखा नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत प्रदिप पौडेल ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण रिसाल सहित , शिक्षा विभाग, महिला तथा बालबालिका विभाग, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि विभाग, पशु विभाग, योजना विभाग, प्राविधिक विभाग, आर्थिक विभाग, राजश्व विभाग, विपद विभाग र वातावरण तथा सरसफाई विभागका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकोप व्यवस्थापन संगै बजेट निर्माणको तयारी गरिरहेको बागमती प्रदेस सरकारले प्रदेस सभा सदस्यहरुलाई दिएको निर्देसन अनुसार प्रसासनिक क्षेत्रका प्रतिनिधिहरु संग छलफल गरेको र बैशाख १२ गते उक्त क्षेत्रमा रहेका वडाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु संग छलफल गरिने प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत नारायण रिसालले उक्त छलफलले नगरपालिकामा पनि बजेट र कार्यक्रम निर्माणको काम शुरु गर्नका लागि प्रेरित गरेको बताउदै त्यसको तयारी शुरु गरिने बताएका थिए। प्रकोप नियन्त्रण संगै अव नगरपालिकामा  बजेट निर्माणको पनि काम शुरु गरिने जानकारी दिदै रिसालले बागमती प्रदेस सरकारलाई विभिन्न सुझाव दिएका थिए।

त्यस्तै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले उक्त छलफल कार्यक्रम निकै सकारात्मक [पहल भएको भन्दै यसले प्रदेस र स्थानीय सरकारको योजना निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

उक्त छलफलमा विभिन्न् शाखा प्रमुखहरुले अवको प्रदेस सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा ,उद्योग ,कृषि र स्थानीय उत्पादन तथा प्रवर्धनका लागि योजना बनाउनु पर्ने सुझाव दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।