बुढानिलकण्ठका जनप्रतिनिधिलाई कोरोना (कोभिड -१९ ) सम्बन्धि अभिमुखीकरण

बुढानिलकण्ठका जनप्रतिनिधिलाई कोरोना (कोभिड -१९ ) सम्बन्धि अभिमुखीकरण

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य सल्लाहकार समितीले नगरपालिकाका जनप्रतिनिधिहरुका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा रहेको  बुढानिलकण्ठ नगरपालिकालाई सहयोग गर्न बनेको समितिले नगर कार्यपालिका सदस्यहरुका लागि प्रकोप नियन्त्रण र रोकथामका विभिन्न पक्षहरुका वारेमा बिज्ञहरुले प्रस्तुतिकरण दिएका थिए ।

उक्त अभिमुखीकरणमा समितिका संयोजक डा. शिव कुमार राईले यस भाईरसले निम्त्याउन सक्ने समस्या तथा रोगले गर्ने असरहरुका बारेमा विस्तृत जानकारी दिदै आर.डी.टी र पि.सि.आरबाट गरिने परिक्षणको भिन्नताका विषयमा पनि जानकारी गराएका थिए।

त्यस्तै उक्त अभिमुखीकरणमा त्रिवी अस्पताल  COVID-19 ब्यबस्थापन समितीका संयोजक डा. सन्त कुमार दासका ,डा. मधु दिक्षित, नर्सिङ परिसदकी पुर्व रजिस्टार इश्वरी खनाल र नर्सिङ एसोसियसनकी पुर्व उपाध्यक्ष अप्सरा पाण्डे लगायतका विज्ञहरुले प्रशिक्षण दिएका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले नगरपालिकामा वसोवास गर्ने बिज्ञ स्वास्थ्यकर्मीहरुले विषम परिस्थितिमा प्रदान गरेको सल्लाह र सहयोग निकै महत्वपूर्ण रहेको भन्दै आभार प्रकट गरेका थिए।

प्रकोप नियन्त्रण र रोकथाम अभियानको अग्रभागमा रहेका स्वास्थ्यकर्मीहरुले जनता संगै रहेका सहयोद्दा जनप्रतिनिधिहरुलाई सजग र सुसुचित गराएकोमा धन्यवाद दिदै प्रमुख खरेलले जनप्रतिनिधिहरुलाई आफ्नो सुरक्षाको ख्याल राख्दै नगरवासीको सेवा गर्न आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।