लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा जिल्लाका स्थानीय तहहरुलाई सहयोग

लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा जिल्लाका स्थानीय तहहरुलाई सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ७

लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा ओखलढुंगा जिल्लाका विभिन्न स्थानीय तहहरुलाई विभिन्न सामाग्री सहयोग गरिएको छ

लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाका प्रेसिडेन्ट तथा नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल,नेकपा नेता नानीबाबु बुढाथोकी,नेपाली कांग्रेसका नेता कुमार लुइँटेल ,विपद व्यवस्थापन समितिका गुरु केदार बराल लगायतले ओखलढुङ्गा जिल्लाका सिद्धिचरण नगरपालिकाका वडाध्यक्ष विनोद कुमार के सी र सुनकोशीका सूचना प्रविधि अधिकृत विक्रम दाहाललाई हस्तान्तरण गरेका थिए ।

उक्त सहयोग  लायन्स क्लब अफ काठमाडौ ओखलढुङ्गा सहित  डिस्ट्रिक ३२५ ए वान का ,लायन्स क्लब अफ काठमाडौं रिजेन्सि,लायन्स क्लब अफ काठमाडौं मोडल,लायन्स क्लब अफ काठमाडौं कान्तिपुर,ओखलढुङ्गा विपद् व्यवस्थापन समाज ,रावादोलु भुसिगा सरोकार समाज ,यसम सेवा समाज,गाम्नागटार सेवा समाज,शहिद लिला, यसोदा दाहाल स्मृति प्रतिष्ठान,नेपाली कांग्रेस ओखलढुङ्गा काठमाडौं उपत्यका सम्पर्क समिति, नेपाल कम्यूनिष्ट पार्टी ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्च,नेपाली कांग्रेस लिखु ओखलढुङ्गा काठमाडौं सम्पर्क समिति ,डा रेवतबहादुर कार्की,टेकबहादुर बस्नेत,केशवबाबु खड्का,विशालबाबु खतिवडा,लिला बहादुर कटवाल,अनिमेश दाहाल,अर्जुन प्रसाद ढुंगेल लगायतले गरेका थिए ।

ओखलढुंगा जिल्लाका ८ स्थानीय तहहरुलाई ति संस्थाहरुका तर्फ बाट निम्न सामाग्री सहयोग गरिएको थियो ।
१. पिपिई  जम्मा- ४० थान
२. साबुन  जम्मा  -८०९६ थान
३. मास्क  जम्मा -४००० थान
४. औषधि  -१६ कार्टुन
५. पंजा  -१६०० पीस
६. सेनीटाईजर -१३० पिस

 

 

तपाइँको प्रतिक्रिया ।