जनकपुर जस्तै पैसा फालिएको घटनाले टोखामा सन्त्रास , ३० मुस्लिम नागरिकको RDT रिपोर्ट नेगेटिभ
कपन अनलाइन
काठमाडौं ,बैशाख ७।
टोखा नगरपालिकामा आज बिहानको समय निकै तनावग्रस्त बनेको थियो। उक्त नगरपालिकाको वडा नं ३ मा बिहान केहि खुद्रा पैसा बाटोमा फालिएको भेटिए संगै उक्त क्षेत्रको माहोल निकै अन्यौल र तनावग्रस्त बनेको थियो ।
सो नगरपालिकाको वडा नं ३ को एउटा घरमा ३४ जना मुस्लिम समुदायको मानिस रहेको जानकारी प्राप्त गरिएको थियो।त्यस पश्चात वडा अध्यक्षले नगरपालिका प्रमुख संग सम्पर्क गरे पश्चात त्यहाँ रहेका सबै मुस्लिम समुदायका नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो ।उनीहरु नेपालको सिराहा ,सप्तरी र भारतको विभिन्न क्षेत्र बाट आएका थिए।
,महाराजगंज प्रहरी संग सहकार्य गर्दै ति नागरिकको वारेमा जानकारी संकलन गर्दा उनीहरु लक डाउन भन्दा पहिलानै त्यस वडामा वसोवास गरिरहेको सुचना प्राप्त भएको नगरपालिकाले जानकारी दिएको छ।
त्यस्तै सोहि स्थानमा ति मुस्लिम परिवार सहित १ जना चाइना बाट फर्केको र बाकी विभिन्न देशबाट लकडाउन अघि नेपाल भित्रीएको समेत गरेर ४१ जनाको र्यापिड टेस्ट गरेको छ । ति सबै नागरिककोको RDT टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।