बुढानिलकण्ठको कोषमा कपन नगर वस यातायात प्रालिको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख ७।
बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा कपन नगर वस यातायात प्रालिले सहयोग गरेको छ। उक्त प्रालिको तर्फ बाट वडा नं ११ का अध्यक्ष राजु अधिलारिले १५ हजार १ सय सहयोग नगरपालिकाका प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए।
सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख खरेलले यस्तो विषम परिस्थितिमा प्रालिले गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताएका थिए।उक्त अवसरमा बुढानिलकण्ठ -११ का वडा सदस्य बिनोद तामांगको पनि उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।