गजल !

गजल !

कपन अनलाइन

काठमाडौं ,चैत ७/ रामकुमार श्रेष्ठ “फुच्चे”

डोली चढाई सिन्दुर हाली पर्ख लान्छु एकदिन ।
शुभ साईतको बजाई ताली पर्ख लान्छु एकदिन ।।

तिमी मेरो मलाई तिम्रो हुनै दिन्न भन्छ समाज,
आफ्नै मनको बनाई माली पर्ख लान्छु एकदिन ।।

संसार जित्ने आट दियौ आशु पुछ्ने हात थियो,
दुनियाँले भनुन जाली पर्ख लान्छु एकदिन ।

खुट्टा तान्ने तानीरहुन भाजो हाल्ने हालीरहुन,
सबको सामु यसै पाली पर्ख लान्छु एकदिन ।

आफैलाई रित्याएर कति दिन पिउनु यार,
रहे पनि बोतल खाली पर्ख लान्छु एकदिन ।

तपाइँको प्रतिक्रिया ।