गजल !

गजल !

कपन अनलाइन

काठमाडौं ,चैत ७। यमबहादुर भुजेल

कोही मालिक कोही दास हुनसक्छ ।
जसलाई हेप्छौ उही खास हुनसक्छ ।।

प्रेमको परिक्षा तिमीले फेल बनाए पनि,
जिन्दगीको परिक्षा मेरो पास हुनसक्छ ।

भाग्यमा होइन कर्ममा विस्वास छ मेरो,
तर असफल भएमा उपहास हुनसक्छ ।

सकेसम्म सहयोग गर्नु पो मानवता हो,
खुट्टा तान्दा जो कोही निरास हुनसक्छ ।।

(मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, मन्थली)

तपाइँको प्रतिक्रिया ।