प्याब्सक अध्यक्षमा गेन्द्र लामा चयन
कपन अनलाइन
काठमाडौं, मंसिर २६। निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सक)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
काभ्रे धुलिखेलमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी चयन भएका छन् ।
कार्यसमितीलाई सिपी आचार्यले सपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले आफुलाई दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने प्रतिवद्धता जनाए ।