प्रदेश–३ सरकारले स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने

प्रदेश–३ सरकारले स्वर्ण विजेता खेलाडीलाई सम्मान गर्ने

कपन अनलाइन

हेटौंडा, मंसिर२६। प्रदेश–३ सरकारले प्रदेशका १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई पुरस्कार दिने निर्णय गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले जारी सागका ३ नम्बर प्रदेशका स्वर्णपदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूलाई नगद पुरस्कार दिन लागिएको हो।

तपाइँको प्रतिक्रिया ।