नि:शुल्क उदघोषण तालिम सुरु

नि:शुल्क उदघोषण  तालिम सुरु

कपन अनलाइनखड्का भद्रकाली गाविसमा  नौ दिने नि:शुल्क  उदघोषण तालिम सुरुभएको छ  । खड्का भद्रकाली गाविसको  आयोजनामा  स्थानीय सामाजिक संस्था तथा महिला समूहहरुका ३० जना  प्रतिनिधिहरुलाई तालिम दिइने कार्यक्रम रहेको छ ।

यसअघि कपनमा भएको उद्घोषण तालिम कार्यक्रम प्रभावकारी देखिएक खड्का भद्रकाली गाविसले पनि संचालन गरेको हो ।  ९ दिनसम्म चल्ने कार्यक्रममा उद्घोषणका साथमा प्रस्तावना लेखन , कार्यक्रम व्यवस्थापनजस्ता  सामाजिक संस्थाहरुलाई आवश्यक पर्ने व्यवहारिक ज्ञानहरु  दिने जनाइएको छ । तालिममा 111नेपालका बिभिन्न मिडियासम्बन्धि संघ संस्थाहरुका प्रतिनिधिले  हरेक दिन ३ घण्टा तालिम प्रदानन गर्नेछन् ।

सोही अवसरमा खड्का भद्रकाली गाविसका  सचिव गिरिजाप्रसाद रिजालले  आज आयोजित  उद्घाटन कार्यक्रममा बोल्दै, ‘सामाजिक संस्था छन् तर  स्थानीय स्तरमा कार्यक्रम गर्नलाई गाविससंग कार्यक्रम   माग्ने विधिसम्म थाहानापाएकोले  कतिपय राम्रा कार्यक्रमहरु हुन नसकेकोले  गाविसले  यसप्रकारको  कार्यक्रम संचालन गरेको हो’  । कार्यक्रम बारे प्रष्ट पार्दै उनले  यस तालिमपश्चात  गाविसमा रचनात्मक विकासको क्रमअझ बढ्दै जाने  आशा गर्दै  तालिममा सहभागीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।