काठमाडौँको सिनामगंलमा खुलम खुला अवैध हतियारको बिक्री वितरण: प्रहरीले समायो चारजनालाई

काठमाडौ असार २४ गते काठमाण्डौ महानगरपालीका वडा नम्वर १० सिनामगंल सुकुम्वासी टोल स्थित सार्वजनिक सडकबाटोमा केही व्यक्तिहरुले अवैध हतियारको बिक्री वितरण तथा ओसार पसार गर्दैछन भन्ने विषेश सुचनाको आधारमा महानगरीय प्रहरी टोलीले अवैध हतियार एक थान पेस्तोल ,म्यग्जिन थान एक र गोली थान ४ सहित निम्न अभियुक्तहरुलाई असार २२ गते पक्राउ गरेको छ  ।
पक्राउ हुनेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे गाविस वडा नम्वर १ घर भई हाल काठमाण्डौ महानगरपालीका वडा नम्वर ३५ कोटेश्वर बस्ने २६ वर्षीय बिश्व बस्नेत,धनुषा जनकपुर नगरपालीका १६ कपिलेश्वर घर भई हाल काठमाण्डौ महानगरपालीका वडा नम्वर ३५ पेप्सिकोला बस्ने २५ वर्षीय सबिन श्रेष्ठ रहेका छन् । पक्राउ परेका हरुलाई आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।