काठमाडौं ४ मा कुन वडामा कस्तो थियो प्राप्त मतको अवस्था ?
कपन अनलाइन
काठमाडौ,मंगसिर २५।
नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ को प्रतिनिधि सभामा निर्वाचित भए ।
क्षेत्र नं ४ मा रहेको बुढानिलकण्ठ नगरपालिकाको आठ वटा वडा र काठमाडौं महानगरपालिकाको चार वटा रहेको छ । यसपटक उनले बुढानिलकण्ठ नगरपालिकाको आठ वटा वडाबाट ११ हजार एक सय २१ र काठमाडौंको चार वटा वडाबाट १० हजार ४ सय ४६ मत ल्याएका थिए ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं १ मा कांग्रेसको ५ सय ९२ भोट आउँदा बामगठबन्धनको ६ सय १८ मत आएको थियो । तर वडा नं. २ मा भने बामगठबन्धन भन्दा कांग्रेस बलियो देखिएको छ । कांग्रेसको १ हजार१ सय ८७ भोट आउँदा ८ सय ९५ मत पाएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ मा भने कांग्रेस र वामगठबन्धनको अवस्था बराबरी जस्तै देखिएको थियो । कांग्रेसले १ हजार ४ सय २१ भोट ल्याउदा वामगठबन्धनको १ हजार ४ सय २६ मत आएको थियो । जम्मा ५ भोट वामगठबन्धनले बढी ल्याएको थियो ।
वडा नं. ९ मा भने १ सय ९ भोटले वामगठबन्धन अघि रहेको छ । वामगठबन्धनले १ हजार १ सय ९९ भोट ल्याउँदा कांग्रेसको भने १ हजार ९० मत मात्र आएको थियो । वडा नं. १० र १२ मा पनि वामगठबन्धन नै अघि रहेको मतसंख्याको आधारमा देखिन्छ । वडा नं. १० मा वामगठबन्धनको २ हजार ६ सय ४५ मत आउँदा कांग्रेसको २ हजार २ सय ४२ मत मात्र पाएको थियो । वडा नं. १२ मा पनि वामगठबन्धननको १ हजार ५ सय ९२ मत आउँदा कांग्रेस १ हजार ४ सय ३ मतमा नै सिमित हुन पुगेको थियो ।
वडा नं. ११ मा कांग्रेसले १ हजार ७ सय ६२ मत ल्याउँदा वामगठबन्धन १ हजार तीन सय ६१ मा नै सिमित हुन परेको थियो । वडा नं. १३ मा भने १० मत मात्रले कांग्रेस अघि देखिन्छ । १ हजार ४ सय २४ मत कांग्रेसले ल्याउँदा १ हजार ४ सय १४ मत वामगठबन्धनले पाएको थियो ।
काठमाडौं महानगरपालिकाको चार वटै वडामा भने नेपाली कांग्रेस निक्कै अघि रहेको थियो । चार वटै वडामा वामगठबन्धनको भन्दा बढी भोट ल्याएर कांग्रेस विजयी हुन सफल भएको हो । वडा नं. ७ मा कांग्रेसले ४ हजार ५ सय ६४ भोट ल्याउँदा वामगठबन्धनले ३ हजार ७ सय ९६ मत ल्याएको थियो ।
त्यस्तै वडा नं. ८ मा १ हजार ७ सय ३९, ३० मा २ हजार ८ सय ७१ र वडा नम्बर १ मा १ हजार २ सय ६६ मत कांग्रेसले पाएको थियो । जबकी वामगठबन्धनले वडा नं ८ मा १ हजार ४ सय ९३ र वडा नं ३० मा १ हजार २ सय ८४ र १ मा ५ सय १५ मत पाएको थियो ।