मैले नेता हुन हैन जनप्रतिनिधि हुन राजनीति गरेको हो : सुबुना बस्नेत (काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्र उम्मेदवार ,विवेकशील साझा पार्टी )

मैले नेता हुन हैन जनप्रतिनिधि हुन राजनीति गरेको हो : सुबुना बस्नेत (काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्र उम्मेदवार ,विवेकशील साझा पार्टी )

कपन अनलाइन 

काठमाडौ,असोज २७।

मंग्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनको लागि विभिन्न दलले उम्मेदवार सिफारिस र घोषणा गरिरहेका छन । यसै क्रममा विवेकशील साझा पार्टीले पनि काठमाडौका विभिन्न क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । नेपालका १६५ निर्वाचन क्षेत्र मध्ये काठमाडौं क्षेत्र नं ४ निकै चर्चामा आइरहने क्षेत्र हो जस बाट निर्वाचन लडेका व्यक्तिहरु अहिले नेपालको रास्ट्रपति र उप राष्ट्रपति रहेका छन भने नेपालको राजनीतिका चर्चित युवा नेता गगन थापा यस क्षेत्रमा वर्तमान सांसद रहेका छन । त्यस्तै नेपाल भारत प्रभुत्व समुहका सदस्य सांसद डा. राजन भट्टराईले पनि यसै क्षेत्र बाट प्रतिनिधि सभा निर्वाचन लड्ने घोषणा गरि सकेका छन ।

विवेकशील साझा पार्टीको स्थापना काल देखिने सक्रिय रहेकी सुवुना बस्नेत यस क्षेत्रमा उम्मेदवार बन्ने भएकी छन । इलाम जिल्लामा जन्मिएर काठमाडौं क्षेत्र नं ४ लाई आफ्नो कार्यथलो बनाएकी बस्नेत पार्टीको न्यायपालिका र उधमशिलता विभागको नेतृत्व गरिरहेकी छन ।

व्यवस्थापन संकाय तर्फ एम वि ए सम्म अध्ययन गरेकी बस्नेत उधम शिलता सम्बन्धि परामर्श प्रदान गर्ने र यसै व्यवसाय संग सम्बन्धित रहेकी छन । आमा बुवाका ४ सन्तान मध्ये कान्छी छोरी रहेकी उनका ३ दिदी र १ भाइ रहेका छन ।

काठमाडौं क्षेत्र नं ४ मा बस्नेतको उम्मेदवारी र उनका आगामी योजनाको वारेमा कपन अनलाइन संग गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

कपन अनलाइन :तपाइको पारिवारिक पृष्टभूमिका वारेमा बताई दिनुस न ?

सुबुना बस्नेत : मेरो बाल्यकाल पूर्वी नेपालको इलाम जिल्लामा वितेको हो जहाँ बाट मैले मेरो प्रारम्भिक शिक्षा प्राप्त गरेकी हु । मैले विद्यालय शिक्षा इलामको एउटा निजि विध्यालयमा प्राप्त गरि रहदा  माओवादीहरुको धम्की आए पछी त्यसै स्थानको सार्वजनिक विद्यालयबाट प्रवेशिका परिक्षा पास गरि उच्च  माविको अध्ययन गरे ।त्यस पश्चात मधेस आन्दोलनको कारण हाम्रो बिज्ञान शिक्षकले जागिर छोडे पछी केहि समय मैले विध्यालयमा अध्यापन पनि गरे । त्यस पश्चात म बिराटनगर दिदि संग गएर स्नातक सम्मको अध्ययन गरे तर विचमा नै म काठमाडौं आए र यहाँ बाट उधमशिलता विषयमा पूर्ण छात्रवृतिमा स्नातकोत्तर(एम वि ए ) गरे ।मेरो उच्च अध्ययन सकिएको २ वर्ष भयो ।मैले मेरो अध्ययन र अन्य खर्च कलेज पदने समय देखि नै आफै जुटाएर स्वाबलम्बी भन्ने बाटो रोजेको थिए ।

कपन अनलाइन : तपाईमा राजनीतिक चेतना कसरी र कहिले आयो ?

सुबुना बस्नेत: म मा राजनीतिक चेतना र चासो मेरो बाल्यकाल देखि नै आएको हो किनकी मेरो आमा त्यस वेला नसस हुनु हुन्थ्यो । त्यस कारणले घरमा वेला वेलामा राजनीतिक छलफल र गतिविधि भैरहन्थ्यो जसले मलाई विस्तारै त्यस तर्फ आकर्षित गर्दै लगेको  थियो ।पछी विराटनगर आए पछी झन् मैले बढी बुझे किनकी मेरो दिदि त्यस वेला स्ववियु सभापति हुनु हुनुहुन्थ्यो जसको कारणले त्यहाका राजनीतिक गतिविधि संग म नजिक हुने मौका मिल्यो ।

कपन अनलाइन : विवेकशील साझा पार्टी प्रति आकर्षण कसरी हुनु भयो ?

सुबुना बस्नेत:मलाई पहिला देखि नै परिवर्तन चाहने खालको मान्छे थिए । मैले विराटनगरमा अलि फरक खालको वातावरण देखे जहाँ स्कुलमा पढ्न रोक लगाउने तर क्याम्पसमा खुल्ला राजनीति हुने अनि प्रशासनले नै राजनीतिक संरक्षण दिने प्रचलन रहेछ जुन मलाई मन परेन । त्यहि भएर विराटनगर रहदा नै मेरो पहलमा नन पार्टिसन युथ युनियन सुरु गरेका थियौ । यसले सफा राजनीतिक कुराकानी र संस्कार विकास गर्ने योजना बनाएको थियो ।मलाई पहिला देखि नै उधम शिलता भन्ने कुराले आकर्षित गर्थ्यो र त्यस वेला आन्टरप्रेनर्स फर नेपाल भन्ने फेसबुक पेजको मार्फत उज्जव थापा संग सम्पर्क भयो र मैले त्यस पछी विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन थालेको हो ।त्यस वेला संविधानलाई स्वागत छ भन्ने कार्यक्रम जुन नागरिक समाजको तर्फ बाट दवाव सृजना गर्ने कार्यक्रम रहेको थियो त्यसमा सहभागिता मार्फत म पार्टी निर्माणको अभियानमा सामेल भए ।

कपन अनलाइन : नागरिक समाज बाट राजनीतिक पार्टी निर्माणको सोच कसरी आयो ?

सुबुना बस्नेत :यो सोचको विकास हामीले नागरिक समाजको रुपमा संविधान निर्माणको दवाव दिने क्रममा भयो । त्यस वेला हामीलाई कस्तो महसुस भयो भने ब्यानर बोकेर सडकमा उभिदा मात्र नहुने रैछ केहि फरक गर्नु पर्ने रैछ । हामीले पहिला देखि नै रक्तदान जस्ता सामाजिक कार्य त् गर्दै आएका थियौ तर त्यस्ता कामहरु क्षेत्र नं ४ र अन्य स्थानमा पनि गर्यौ ।

तर यस्ता कामहरु ट्यांकी बाट पानी चुहिएको चुहियै छ हामीले  भने हातले प्वाल थुनेको जस्तो भयो जुन दिगो र प्रभावकारी लागेन र त्यस्तो सानोतिनो कामबाट थाकेको महसुस भयो जसले पार्टी निर्माण गर्ने कुरालाई प्रेरित गर्यो ।

यस पछी विवेकशील नेपाली मंच स्थापना गरेर बहस चलायौ जुन बहसले अन्तत नेपालमा बैकल्पिक राजनीतिक शक्तिको विकास गर्ने निस्कर्ष निकाल्यो र हामीले पार्टी स्थापना गर्यौ ।पार्टी स्थापना पश्चात सबै भन्दा पहिला हामीले

नेपाली जनताको भावना ,चाहना र सोच बुझ्न मेची महाकाली पदयात्राको आयोजना भयो जसमा ८० जनाको सहभागिता रहेको थियो । म त्यो अभियानको रास्ट्रिय संयोजक थिए । हामीले त्यस क्रममा अधिकांस जनताको माग जन जीविकामा केन्द्रित थियो केहि केहि राजनीतिक चेतना बढी भएकाले मात्र फरक माग राखेका थिए । हाम्रो त्यो अभियानको निस्कर्ष भनेको जनता साना साना माग लिएर बसेका छन तर राजनीतिमा ठुला ठुला कुरा भएका छन ।

कपन अनलाइन : काठमाडौं क्षेत्र नं ४ मै तपाइको उम्मेदवारी किन ?

सुबुना बस्नेत: यो क्षेत्र नं ४ मेरो जन्म थलो नभए पनि यो मेरो कर्म थलो हो किन कि मैले यस क्षेत्रमा लामो समय देखि समाज सेवा र अन्य गतिविधि गर्दै आएकी छु ।यति मात्र हैन पहिला संतोष प्रधानले उम्मेदवारी दिदा पनि यसै क्षेत्र बाट दिनु भएको थियो । हामी यस क्षेत्र संग र यस क्षेत्रका जनता हामी संग परिचित हुनु हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि हामीले २ वटा वडामा उम्मेदवारी दिएका थियौ र जनता बाट राम्रो सहयोग पाएका थियौ ।यहाँ बाट निर्वाचन लड्ने मेरो र पार्टीको संयुक्त निर्णय हो ।

कपन अनलाइन : तपाइको लक्षित मतदाता को हो ?

सुबुना बस्नेत: हाम्रो लागि सबै परिवर्तन, विकास र समृदि चाहने मतदाता लक्षित मतदाता हुन् ।

कपन अनलाइन : काठमाडौं क्षेत्र नं ४ को लागि तपाइको एजेन्डा के हो ?

सुबुना बस्नेत : यहाँ हरेक पेसा व्यवसायमा लागेका मान्छेहरु राजनीतिक दल संग आवद्ध छन कोहि पनि विसुद्ध व्यवसायिक छैनन् जसले संस्थागत भ्रस्टाचारलाई प्रश्रय प्रदान गरि रहेको छ जसको म घोर विरोधी रहदै आएकी छु ।मेरो के विस्वास छ भने कागजको नीतिले कुनै पनि किसिमको प्रभाव पर्दैन त्यसको कार्यान्वयन सबै भन्दा महत्वपूर्ण हो । यो निर्वाचनमा हाम्रो मूल मुद्दा भ्रस्टाचारको विरोध नै हो । त्यसको संग संगै आधारभूत आवस्यकता परिपूर्ति गर्ने काम तर्फ हाम्रो ध्यान जानेछ ।

कपन अनलाइन : क्षेत्र नं ४ का युवाहरुको लागि तपाइको एजेन्डा के छ  ?

सुबुना बस्नेत : यस क्षेत्रका युवाहरुको लागि मेरो पहिलो माग र एजेन्डा भनेको शिक्षा र रोजगारी नै हो । यहाँ उचित शिक्षाको लागि मैले जस्तै विभिन्न स्थानमा हिड्नु पर्ने बाध्यता नहोस भन्नेमा मेरो ध्यान रहने छ । त्यस पछी मेरो ध्यान रोजगारमा हुने छ जहाँ व्यवसाय ,उधम र सामुहिक उत्पादनका विशेष योजना निर्माण गर्ने तर्फ मेरो ध्यान रहनेछ ।यहाँ धेरै सम्भावना छ जुन अन्य दलले चिनेनन वा भनौ देखेनन् हामी त्यसलाई पहिचान गरेर केहि नया गर्ने सोचमा छौ ।हाम्रो एजेन्डा स्वास्थ्य ,शिक्षा र रोजगारमा केन्द्रित हुनेछ ।

अनलाइन : अन्तमा काठमाडौं क्षेत्र नं ४ का जनतालाई के भन्न चाहनु हुन्छ ?

सुबुना बस्नेत : म एउटा निष्ठाको राजनीति गरेर आएकी छु र यस क्षेत्रलाई नेपालकै नमुना क्षेत्र बनाउन म संग केहि विशेष योजना र सोच रहेका छन जुन म निर्वाचन प्रचारको दौरानमा राख्ने नै छु । म कुनै नातावाद र कृपावादमा विस्वास गर्दिन । उम्मेदवारी घोषणा गरि रहदा म संग एक पैसा छैन जसलाई मैले सबै भन्दा ठुलो राजनीतिक शक्ति मानेकी छु ।

तपाइले साम्यवाद जिताउनु भयो समाजवाद र प्रजातन्त्रलाई  जिताउनु भयो तर  कुनै परिवर्तन पाउनु भएन त्यसैले यस पटक आफ्नो सोच र सिदान्त लाई जिताउन म सबैमा अनुरोध गर्दछु।मैले  नेता हैन जनप्रतिनिधि हुन राजनीति गरेको हो त्यसैले यहाका जनताले विस्वास गर्नेमा ढुक्क छु ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।