काठमाडौ क्षेत्र नं ५ प्रदेस क्षेत्र -२ बाट दिपक निरौलाको नाम सिफारिस

काठमाडौ क्षेत्र नं ५ प्रदेस क्षेत्र -२ बाट दिपक निरौलाको नाम सिफारिस

कपन अनलाइन 

काठमाडौ,असोज २७।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधि सभा क्षेत्र तर्फ एमाले महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको छ भने प्रदेस सभा तर्फ विभिन्न स्थानीय नेताहरुको नाम सिफारिस गरेको छ ।काठमाडौं क्षेत्र नं ५ को प्रदेस क्षेत्र – २ तर्फ दिपक निरौलाको नाम सिफारिस भएको छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको सचिवालय सदस्य र बुढानिलकण्ठ नगर कमिटिको संयोजक रहेका निरौलाको जन्म  २०३१ शाल  भाद्र ८ गते भएको हो ।

निरौला को राजनितिक जिवन विद्यार्थी राजनिती बाट सुरुवात भएको थियो । २०४६ सालमा  अनेरास्ववियुको सम्पर्कमा रही २०४६ सालको बहुदलिय जनआन्दोलनमा विद्यार्थीको  रुपमा सक्रीय भूमिका निर्वाह गरेका थिए ।

२०४७ साल मा जे .पी स्कूलको साझा फोरमको अध्यक्ष रहेका उनि २०४८ साल  नेपाल ल क्याम्पसको अनेरास्ववियु सह प्राक सदस्य रहेका थिए भने  त्यस पश्चात अनेरास्ववियु प्रारम्भिक कमिटीमा सदस्य बनेका थिए । २०४९ सालमा नेपाल ल क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए ।

२०५५मा स्ववियुको उपसभापतीमा उम्मेद्वारी दिए पश्चात निरौलाले अनेरास्ववियु काठमाडौं जिल्ला सदस्य ,कोषाध्यक्ष  ,बागमती अंचल सचिव हुँदै अनेरास्ववियुको राष्ट्रीय परिषदको सद्स्य बनेका थिए ।केहि समय उनले युवा संघ नेपालको उपत्यका कमिटि सदस्यको भूमिका पनि निर्वाह गरेका थिए ।

२०४९ सालमा तत्कालिन गाँउ बिकास समितीहरु मिलेर बनेकोको काठमाडौं क्षेत्र न. २ ख ईलाका कमिटी उप सचिव , काठमाडौं ३ नं  बिशेष जिल्ला कमिटी सदस्यको रुपमा राजनीतिमा सक्रिय रहेका थिए ।

१९ बर्षको उमेरमा  २०५१ शालमा जिल्ला सद्स्य बनेका निरौला युवा अवस्थामा नै राजनीतिमा स्थापित बन्न सफल भएका थिए ।

उनि राजनीतिक यात्राको क्रममा २०६० शाल मंसिर २९ गते मसाल जुलुसको क्रममा गणेश चोक बाट गिरफ्तारीमा परी १५ दिन सम्म हिरासतमा परेका थिए ।तत्कालिन निरङ्कुश राजसंस्थाको बिरुद्ध २०६१-६२ को जन आन्दोलनमा सक्रीय भूमिका निर्वाह गरेका निरौला २०६६ सालमा काठमाडौं जिल्ला कमिटीका सद्स्य ,सचिवालय सद्स्य ,संगठन बिभाग सद्स्य हुँदै बूढानिलकण्ठ  नगर कमिटि पहिलो संयोजकको रुपमा क्रियाशिल छन । हाल उनि एमाले काठमाडौं जिल्ला कमिटिको प्रचार बिभाग प्रमुख् समेत रहेका छन ।

प्रत्यक्ष राजनीति संग संगै उनि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सद्स्य ,मदन भण्डारी फाउन्डेसनको काठमाडौंको अध्यक्ष रहेका छन ।

कर्मचारि आन्दोनलको समयमा टिचिड अस्पताल वाट गिरफ्तार भई २ दिन महाराजगन्ज तालिम केन्द्रको हिरासतमा परेका निरौलाले स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगर पालिका का १३ मध्ये ११ वटा वडामा एमालेलाई विजयी गराउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

हक्की स्वभावका निरौला निरन्तर क्रियाशील रहन सक्ने नेताको रुपमा परिचित छन  जसले राजनीति र समाजसेवालाई आफ्नो मूल पेशा बनाएका छन ।

 

तपाइँको प्रतिक्रिया ।