काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र समानुपातिक तर्फ बिनोद बाबु प्रधानको सिफारिस

काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र समानुपातिक तर्फ बिनोद बाबु प्रधानको सिफारिस

कपन अनलाइन

काठमाडौँ, असोज २७ ।

नेपाली कांग्रेस काठमाडौ  क्षेत्र नं ४ ले प्रतिनिधि सभा प्रदेस क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरु सिफारिस गरेको छ। यसै क्रममा कामपा वडा नं ७ मा सक्रिय सामाजिक र राजनीतिक व्यक्ति बिनोद बाबु प्रधान प्रदेश सभा सदस्य समानुपातिक तर्फ उम्मेदवारको सिफारिसमा परेका छन ।

२०२५ साल १ महिना १ गते काठमाडौमा जन्मिएका प्रधानले  २०४० साल देखि नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।त्यस पश्चात २०४२ सालको सत्याग्रहमा सकृय हुदै २०४३ को चुनावमा  जनपक्षीय उमेदवारलाई सहयोग गर्दै  २०४६ सालको सयुक्त जन आन्दोलनमा सहभागी भै महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रधान २०४७ मा पार्टीको कृयाशिल सदस्य लिए पछी २०४८ सालको आम चुनाव र २०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवार जिताउन सकृय रहेका थिए ।

प्रधानले नेपाली कांग्रेस प्रजातान्तिक कामपा  ७ नं वडा  इकाइ सभापति , नेपाली कांग्रेस क्षेत्रीय उपसभापति, महाधिबेसन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि रुपमा आफ्नो राजनीतिक भूमिका निर्वाह गरिसकेका छन्  । २०५५ साल देखी २०५७ सम्म त्रिबिको स्ववियु सदस्य,२०५७ नेबिसंघ त्रिबि राजनीतिकशास्त्र इकाई सभापति,  २०६२/६३ को जन आनदोलनमा उपत्यका युवा परिचालन समितिको संयोजक रहेका उनि २०६४ र २०७० सालको संबिधान सभा निर्वाचनमा क्षेत्र नं ४  युवा परिचालन समितिको  संयोजक रहेका थिए ।

राजनीतिकशास्त्र र समाजशास्त्रमा मास्टर्स गरेका बिनोद बाबु प्रधान २०५४  सालको स्थानीय निकायको निर्वाचनमा कामपा ७ वडाको वडा सदस्य प्रत्यासी  थिए ।  राजनीतिका अलावा धेरै सामाजिक, शैक्षिक र संघ संस्था संग आवद्ध रहेका छन ।

खेलकुदमा निकै रुची राख्ने उनले यस क्षेत्रको विकासमा पनि योगदान दिदै आएका छन । प्रधान २०६४ मा अधिकार संम्पन्न बाग्मती ढल सुधार विकास आयोजनाका बोर्ड सदस्य  रहेका थिए  ।

तपाइँको प्रतिक्रिया ।