३१२ जनालाई एमालेमा भित्र्याउन क-कसले भूमिका खेले !!

_MG_3951कपन अनलाइनहिजो जेठ ४ गते कपनमा आयोजित एमालेको विशेष कार्यक्रमका बारेमा बिहान दशबजेसम्म पनि कसैलाई थाहा दिइएको थिएन । प्रवेश गर्ने कार्यलाई कसैबाट नभाँडियोस् भनेर गुपचुप राखिएको कार्यक्रमका बारेमा कपन गाउँ पार्टी कमिटिका आफ्नै सदस्यहरुलाई थाहा दिइएको थिएन । ठाकुरप्रसाद खकुरेल लगायतले पार्टी छाडेपछि तनावमा रहेको कपन एमालेले पार्टी प्रवेशको यो कार्यक्रमलाई भ्याएसम्म ठूलो र अर्थपूर्ण बनाउन चाहन्थ्यो । यसका लागि कपनमात्र नभएर आसपासका अन्य क्षेत्रका एमाले नेता पनि सक्रिय थिए ।

 
ठूलो संख्यामा एकैपटक कपनमा नै कार्यक्रम राखेर भित्र्याउन पूर्व गाविस अध्यक्ष मीठाराम अधिकारी, लक्ष्मी संग्रौला,  ध्रुवराज न्यौपाने र हरिराम ढुंगानाले विशेष पहल गरेका थिए । यिनै व्यक्तिहरुको प्रमुख सक्रियतामा यो विशाल प्रवेशको कार्यक्रम सफल भएको थियो । उल्लेखित व्यक्तिहरुकै योजनामा युवा संघ क्षेत्र नं. ४ का अध्यक्ष अजय सुब्बाले सरस्वती नगर एवम् आसपासका युवाहरुलाई पार्टी प्रवेशको कार्यक्रम मिलाएका थिए भने कपनका युवाहरुलाई पार्टी प्रवेशको कार्यक्रम मिलाउन युवा संघ कपनका उपाध्यक्ष कर्ण तामाङ्ग सक्रिय थिए ।
विहान दशबजेपछि मात्रै विशेष कार्यक्रम हुँदैछ भनेर आफ्ना कार्यकर्तालाई जानकारी दिइएको थियो तर को र कस्ता मानिस पार्टी प्रवेश गर्दैछन् भन्ने कुरा भने कार्यक्रम शुरु नभएसम्म कपनका अधिकांश एमाले कार्यकर्ता अनविज्ञ थिए ।

तपाइँको प्रतिक्रिया ।