कपन संगीत सरोवरले डबली बनाउँदै

P1040023कपन अनलाइनकपनमा नियमित शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम संचालन गरिरहेको कपन संगीत सरोवरले कार्यक्रम प्रस्तुत गर्ने ठाउँ डबली निर्माण गर्न लागेको छ । कपन २ स्थित बगलामुखी मन्दिर परिसरको अघिल्लो भागमा निर्माण गरिन लागेको डबलीको लागत करिब १० लाख रहनेछ । आकर्षक इँटाका बुट्टाहरुसहित डबलीको मञ्चमा यस संस्थाले कार्यक्रम सञ्चालन गर्नेछ । मञ्चसहित अरु दुईवटा कोठा पनि रहनेछन् जसमा एउटा कोठा कार्यालय प्रयोग गरिनेछ भने अर्काे कोठामा बाजा गाजा र साउण्ड सिस्टमलाई राखिनेछ ।

 
डबली निर्माणका लागि विभिन्न ठाउँमा आर्थिक सहयोग मागिएको कुरा संस्थाका कोषाध्यक्ष रामसुन्दर अधिकारीले कपन अनलाइनलाई बताए । यो वर्ष कपन गाविसले डबली निर्माण शीर्षकमा प्रदान गरेको रु. ५०,००० तथा संस्थाको कोषमा रहेको रकमबाट डबली निर्माण अन्तर्गत जग र पिलर निर्माण तत्काल शुरु गरिने रामसुन्दर अधिकारीले बताए ।

 
हरेक महिनाको अन्तिम शनिवार नियमितरुपमा पछिल्लो ६ वर्षदेखि कार्यक्रम संचालन गर्दै आइरहेको कपन संगीत सरोवरले सुरुका चारवर्ष कपन वडा नं. १ स्थित सोमनाथ शिवमन्दिरको प्रांगणमा कार्यक्रम संचालन गरेका थियो । त्यसपछि वडा नं. २ स्थित बगलामुखी मन्दिरमा नियमित आफ्नो कार्यक्रम संचालन गरिरहेको छ । कपन संगीत सरोवर विसुकुमार के.सी.को नेतृत्वमा संचालित समाजिक संस्था हो ।

तपाइँको प्रतिक्रिया ।