वडा नं. १२ मा हाेमनाथ तिमल्सिनाले २२ सयभन्दा बढी मत ल्याउने !
कपन अनलाइन, काठमाडाैँ । वुनपाको ठूलो वडामध्ये एक वडा नं.१२ मा नेपाली कांग्रेस विजयको संघारमा रहेको प्रचारप्रसार समितिले जनाएको छ । वडाध्यक्ष उम्मेदवार होमनाथ नवराज तिमल्सिनाको उम्मेदवारीसँगै जीतको सम्भावना भएको बताइएको वडा नं १२ मा जति चुनावको मिति नजिकिँदै छ उति जीतको संभावना बढ्दै गएको देखिन्छ । हाेमनाथकाे प्रचारप्रसार कमिटीले गरेकाे सर्वेक्षणमा उनले २२ सयभन्दा धेरै मत ल्याउने देखिएकाे छ ।
राजनीतिकसहित सामाजिक जीवनमा चिनिएको होमनाथ तिमल्सिनासँग विपक्षी एमालेले कमजोर उम्मेदवार उठायो भनेर एमालेवृत्तबाटै कुरा उठिरहेको बेला विपक्षीहरु पनि होमनाथको भोट मागेर हिँडेको देखिन्छ । होमनाथ आफ्नो प्रतिबद्धताका कारण पनि यतिखेर चर्चामा छन् । कुनै पनि तलब भत्ता नलिने, घरको फोहर निःशुल्क उठाउने, वृद्धभत्ता एकहजार वडाले दिने, अपांगलाई विशेष भत्ता दिनेलगायतका विशेष योजनाले उनलाई वुनपाकौ सबैभन्दा चर्चित वडाध्यक्ष उम्मेदवार बनाएको छ ।
उनको प्रतिबद्धता पत्रमा हिलोधुलो रहित सडक, सार्वजनिक सौचालय, सीसी क्यामरासहितका चोकहरु, एम्बुलेन्सको सेवासहितको वडा बनाउने योजना छ । होमनाथले आफ्नो प्रतिबद्धतापत्रमा सडकमा सोलार बत्तिको व्यवस्था गर्ने बताएका छन् । एकघर दुईरुख कार्यक्रम, वडाभित्रका मठमन्दिरलाई वडाबाट बजेटको व्यवस्थाजस्ता विषय पनि होमनाथले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । त्यसैगरी निशुल्क स्वास्थ्य सेवा, वुद्धिजिवीहरुलाई समेटेर साहित्यिक प्रतिष्ठान, इलाइब्रेरी, योग शिविर, व्ययामशालासम्मका विषय उनको प्रतिबद्धतापत्रमा छ ।
चुनाव प्रचारप्रसारको क्रममा यतिखेर वडा नं. १२ को घरघरमा पुगिरहेका होमनाथ तिमल्सिना तथा उनका सदस्यहरु यतिखेर आफ्नो विजयको साथै मेयर र उपमेयरका लागि धेरैभन्दा धेरै मत लिन जुटेका छन् । होमनाथ भन्छन्, वडामा मैले जितेरमात्र केही हुँदैन, मेयरमा मेरो मान्छेले जित्न आवश्यक छ । म मेयर राजु श्रेष्ठ र उपमेयर सुभद्रा खड्काको लागि अझ धेरै खटिरहेको छु ।