पाँच के. जी. माशुका लागि प्रहरी माथि छुरा प्रहार

पुन्य राज पुडासैनी / पौष ७ कपन काठमाडौं

आज बिहान करिब ५ बजे काजी कामपा ४ सुकेधारा स्थित (ढलाने  पुल) भलिबल  खेल मैदानमा  दुई  व्यक्तिले सशस्त्र प्रहरीका परिचर बर्ष २६ का विष्णु मगर लाइ   छुरा  प्रहर गरेका छन् ! घाइते मगर सशस्त्र प्रहरी बल केंद्रिय कार्यालय हलचोकमा  कार्यरत थिए ! निजबाट  लुटेरा हरुले  ५ केजी  कुखुराको मासु र नगद रु २००० लुटेरा भागेका थिए, घटना स्थल मा महानगरीय प्रहरी वृत महाराजगंज र कपन प्रहरी प्रभाग बाट प्रहरी पुगी अनुसन्धान पश्च्चात महाँकाल गाविस वडा नम्बर ९ सुकुमबासी बस्ती को एक घरबाट ५ केजी  कुखुराको मासु र  छुरा सहित  दुई जनालाई  प्रहरीले पक्राउ गरिएको र एकजना फरार रहेको जानकारी कपन प्रहरी प्रभागका निरीक्षक नवराज ढुंगानाले कपन अनलाइन लाइ दिए !

घाइते प्रहरी को  उपचार शिक्षण अस्पतालमा भइरहेको र निजको अवस्था सामान्य रहेको अस्पताल स्रोतले  कपन अनलाइन लाइ  बतायो !

कपनमा यसभन्दा पहिला पनि यस्तै प्रकृतिको घटनामा एक निर्दोषले ज्यान गुमाइ सकेका छन्  !

प्रहरी हरुनै असुरक्षित रहेको कपन क्षेत्रमा जनता हरू ले के सुरक्षित महसुस गर्ने हो  यो प्रश्न प्रहरी माथि उठन थालेको छ !

तपाइँको प्रतिक्रिया ।