उपमेयरको दावेदार वडासदस्यमा जम्प गरेपछि वडा नं. १० नेकाभित्र तनाव

कपन अनलाइन, काठमाडौँ । मनोनयन पत्र दर्ता गर्ने दिन १ घण्टा अघि फाइनल भएको वुनपा नेपाली कांग्रेसका उम्मेदवारको लिस्टले केही वडामा तनाव सिर्जना भएको छ । वुनपाको वडा नं. १० मा वडा सदस्यपदमा सिफारिस गरिएकी तारा केसीको नाममा उपमेयर पदमा सिफारिस भएकी रिता बुढाथोकी फास्टट्रयाकबाट आएपछि तनाव सिर्जन भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ४ की सहसचिवसमेत रहेकी रिता बुढाथोकीलाई उपमेयरमा सिफारिस गरिएको थियो । गगन थापा पक्षधरकी भनेर चिनिएकी रितालाई केही दिनअघिमात्र क्षेत्रीय सभापति राजु श्रेष्ठले फास्टट्रयाकबाट क्षेत्रीय सहसचिवमा पदस्थापन गरेका थिए ।

 
रिता बुढाथोकी एकाएक वडासदस्यमा आएपछि वडा नं. १० समस्या मनोनयन पत्र दर्ताकै बेलामा पनि देख्न पाइयो । मेयर पदका उम्मेदवार क्षेत्रीय सभापति राजु श्रेष्ठसँग आएर तारा केसीलगायतका महिला नेतृहरुले विरोध जनाए । तारा केसीले सामाजिक सन्जालबाटै रिताबुढाथोकीको फोटो राखेर विरोध जनाएकी छिन् । केसीले फेशबुकमा स्वास्थ्य मन्त्री गगन थापालाई पनि कडा गाली गरेकी छिन् । त्यसैगरी महिला वडा सदस्यका लागि वडा नं ११ मा समस्या देखिएको छ ।
यसैबीच तमाम अडकल र उतारचढावबीच वुनपा १० मा नेपाली कांग्रेसले श्याम डोटेललाई वडाध्यक्ष उम्मेदवार बनाएको छ । रामप्रसाद लुइँटेल वडाध्यक्ष हुने निश्चित रहेको भन्ने चर्चाबीच अन्तिम अवस्थामा डोटेल वडाध्यक्ष भएका हुन् । त्यसैगरी अर्का वडाध्यक्ष आकांक्षी नारदमणि घिमिरेले वडा सदस्य प्राप्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।