राजु श्रेष्ठ आफ्ना ६६ सहकर्मी उम्मेदवारसहित चुनावको औपचारिक यात्रामा

कपन अनलाइन, काठमाडौँ । नेपाली कांग्रेसबाट क्षेत्रीय सभापति राजु श्रेष्ठ वुनपा मेयरको मैदानमा औपचारिकरुपमा उत्रिएका छन् । वुनपामा आज मनोनयन पत्र दर्ता श्रेष्ठले सुनिश्चित जीतको यात्रा सुरु भएको बताए । उपमेयरमा सुभद्रा खड्कासहित ६५ जना वडाका उम्मेदवारहरुसँग उपस्थित भएका राजु श्रेष्ठले कपन अनलाइनसँग कुरा गर्दै चुनावी माहौल नेपाली कांग्रेसको तर्फ रहेको बताए ।

वुनपामा नेकालाई जित्ने माहौल बनाउन पछिल्ला एकमहिनादेखि सक्रिय रहेका श्रेष्ठले वुनपाका वडाहरुमा पनि जित्ने माहौल बन्ने उम्मेदवारहरु चयन गरेको बताए । ठूलो पार्टी र धेरै आकांक्षीका बीच उम्मेदवार चयनमा ढिला तथा समस्या भए पनि अन्त्यमा सबैलाई मिलाएर टिकट बाँड्ने प्रयास भएको उनले बताए ।

तपाइँको प्रतिक्रिया ।