जुँगेलाई वडाध्यक्ष उम्मेदवार बनाउन पर्ने भन्दै युवाहरु
कपन अनलाइन
वुनपा ११ का युवाहरुले नेपाली कांग्रेसबाट राजेन्द्र अधिकारी जुँगेलाई वडाध्यक्षको टिकट दिलाउन पार्टीका बिभिन्न तहमा दवाव दिएका छन् । २० वर्षपछि आएको स्थानीय निकाय चुनावमा अझै पूराना नेताहरुलाई लौरो उठाउने प्रथाजस्तो गरेर टिकट नदिन अनुरोध गर्दै युवाहरुल क्षेत्रीय समिति तथा जिल्ला कार्यसमितिसम्म जाने तयारी गरेका छन् ।
अबको विकास युवाहरु केन्द्रित हुनु पर्ने बताउँदै उनीहरुले वडा नं. ११ मा जुँगे नै एकमात्र विकल्प रहेको बताएका छन् । कपन अनलाइनमा आएका जुँगे समर्थक एक समूहले समाचारको प्रभाव महत्वपूर्ण हुने भन्दै अनुरोध गरेका छन् । विकास निर्माण तथा लोकप्रियताको कसीमा समेत अगाडि रहेको राजेन्द्र अधिकारी जुँगे बुनपा ११ मा संभावित ४ आकांक्षीहरुमध्ये एक हुन् ।
राजेन्द्र अधिकारी जुँगेसँगै यो वडामा पूराना नेता अच्यूत पौडेल, राधेश्याम कार्की र सन्तोष भण्डारी मैदानमा छन् । अच्यूत पौडेल ०५४ को स्थानीय चुनावमा तत्कालिन कपन गाविस वडा नं. ८ का वडाध्यक्ष थिए । भने राधेश्याम कार्की वडा नं. ६ का वडाध्यक्ष थिए ।
युवाहरु भन्छन्, पौडेल र कार्कीको अनुभव २० वर्ष पूरानो भएकाले उनीहरुले अब वडाध्यक्षमा दावी अर्थपूर्ण छैन ।
बरु सन्तोष भण्डारीको दावी अर्थपूर्ण छ ।
युवाहरुको मागलाई पार्टीले ध्यान दिने विषय पनि देखिएको छ । पूराना वा अनुभविको नाममा टिकट बाँड्नुभन्दा केही गर्छु भन्ने युवा उम्मेदवारलाई पार्टीले साथ दिनु राम्रो हुनेछ । युवाहरुको यो जोडदार मागलाई क्षेत्रीय सभापति राजु श्रेष्ठले कति साथ दिनेछन् त्यो केही दिनमा थाहा हुनेछ । तर ुयुवाहरुले क्षेत्रीय सभापति राजु श्रेष्ठलाई दवाव दिने विषय भने तय छ ।