नेपाली कांग्रेसको नेतै नेता भएको वडामा एमालेले सर्वसम्मतरूपमा अधिकारीलाई छान्यो

कपन अनलाइन, काठमाडौँ । बुनपाका वडामा चुनावी राजनीति चर्किँदो छ । चुनावी राजनीतिभित्र विशेषगरेर अन्तरपार्टी गुटभित्र कसले टिकट पाउने भन्ने बारेमा छरप्रस्ट भैरहेको छ । गुटगत तमासाको खेल सबै पार्टीमा समान रहेको देखिन्छ । यद्यपि बुनपा ११ मा नेकपा एमालेले सर्वसम्मतरूपमा राजु अधिकारीलाई वडाध्यक्ष उम्मेदवार बनाउने भएको छ । क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेका अनुसार आधिकारिकरुपमा नै बुनपा ११ मा राजु अधिकारी एमालेको वडाध्यक्ष उम्मेदवार भएका छन् ।

 
साविक बुनपाका ३ वटा मिलेर बनेको यो वडामा एमालेले राजु अधिकारीको नाममा गरेको सहमतिपूर्ण निर्णय अर्थपूर्ण र प्रभावकारी हुनसक्ने अनुमान गरिएको छ । नेपाली कांग्रेसका नेतानै नेता भएको वडाको रुपमा चिनिएको यस वडामा एमालेले दिएको यो निर्णयले कांग्रेसलाई दवाब दिने बताइएको छ ।
बुनपामा अनुगमन समितिमा बसेर काम गरेका सरल एवम् सहज मिजासका राजु अधिकारी नेकपा एमालेको संगठनभित्र काठमाडौँ जिल्ला सदस्य हुन् । साविक कपनको ७ वटा वडा रहेको बुनपा ११ नम्बर वडामा ४ हजार हाराहारी मतदाता रहेका छन् । यस वडामा यसअघि हरिराम ढुंगाना, खेम मिश्रसहित मिठाराम अधिकारीको पनि वडाध्यक्ष पदका लागि नाम चर्चामा रहेको थियो ।

 
राजु अधिकारीका नाममा सहमतिमा एमाले पुगे पनि नेपाली कांग्रेसले यस वडामा अच्युत पौडेल, राधेश्याम कार्की, राजेन्द्र अधिकारी जुँगे र सन्तोष भण्डारीमध्ये कसलाई टिकट दिने बारे निर्णय लिन सम्भवत अझै १ साता लाग्ने छ ।

तपाइँको प्रतिक्रिया ।