सानुकान्छा श्रेष्ठ मेयरका लागि प्रचारप्रसारमा जुटे, बुनपामा राप्रपा प्रवेश गर्ने संख्या बढ्दो

कपन अनलाइन, काठमाडौँ । 
दुईवटा राप्रपा एक भएपछि शक्तिशाली बनेको राप्रपाले बुनपा मेयर पदका लागि सानुकान्छा श्रेष्ठलाई तयार बनाएको छ । बुनपामा राप्रपाबाट शक्तिशाली उम्मेदवारको रुपमा सानुकान्छा श्रेष्ठ देखिएको छन् । चुनिखेल तथा कपन क्षेत्रमा श्रेष्ठको मजबुत जनाधार रहेको बताइन्छ । श्रेष्ठको मेयर पदमा उठ्ने दावीसँगै चुनिखेलमा हाल चलिरहेको यावत राजनीतिक जोडघटाउ परिवर्तन हुने सम्भावना देखिएको श्रोतको दावी छ ।
राप्रपाको मजबुत मत आधार भएको मानिने खड्का भद्रकालीका दुई वडा(बुनपा ५ र ६) मा सानुकान्छा श्रेष्ठ मेयर उम्मेदवार हुने कुराले उर्जावान् भएको बताइन्छ । राप्रपाको क्षेत्रीय अध्यक्षमा सानुभाइ लामा आएपछि राप्रपा प्रवेश गर्नेहरुको ओइरो लागेको बताइन्छ । नेपाली कांग्रेस, एमालेबाट असन्तुष्ट भएकाहरु धमाधम राप्रपातिर लागेको समाचारहरु आइरहेको छ ।
सानुकान्छा श्रेष्ठलाई राप्रपाले उम्मेदवार बनाउने लगभग तय गरेपछि बुनपामा अन्य पार्टीका मेयर उम्मेदवार बन्नेहरुलाई नयाँ र कडा चुनौति शुरु भएको बताइन्छ । सानुकान्छा श्रेष्ठ कपनमैत्री भएका कारण अरु पार्टीहरुका लागि कठिन परीक्षा हुने बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।