सुख्खा पहिरोका कारण गाँउ जोखिममा
कपन अनलाइन
एकेन्द्र महता /अछाम
अछामको सुतार गाविसमा सिंगै गाँउ सुख्खा पहिरोको उच्च जोखिमा रहेको छ । असोज महिना देखि गाविसको वडानम्वर ३ र ४ मा गाँउ भन्दा माथिवाट निरन्तर सुख्खा पहिरो झरिरहदा सो गाउका १ सय १० परिवार बिस्थापित हुने अवस्था आएको हो । असोज २१ गते गाविसको वडानम्वर ४ को धम्वाहमा जमिन चर्किएर धाँजा फाटेको र त्यसपछि निरन्तर जमिन तल सर्दै गईरहेको स्थानीयले बताएका छन ।
वर्षायामका बेला जमीन भासियको र अहिले सुख्खा पहिरो झर्न थालेको हो । जमिन बिस्तारै तलतिर सर्न थालेको स्थानीय खकेन्द्रमान सिंहले जाँनकारी दिए । उनले भने “हिउद याममा पनि सुख्खा पहिरो झर्नाले सबैलाई त्रसित बनाएको छ ।” गाउको सिरान देखि नै पहिरो झर्न लागेपछि सिंगो गाँउ जोखिममा पर्दा स्थानिय बासिन्दाको निन्द्रा नै हराम भएको छ ।
पहिरो लागेको ठाँउ एकदमै भिरालो छ भने जमिनको संरचना पनि निकै कमजोर छ । पहिरोले स्थानीय ईन्द्र कामीको अनुमानित २० /२५ रोपनी जग्गा र त्यतिकै क्षेत्रफलको सामुदायिक वनको जग्गा पनी बिनास भईसकेको छ । ठुल ठुला ढुंगा र रुखहरु पहिरोले तल सरिरहेका र जुनसुकै समय गाँउमा आएर क्षती हुनसक्छ ।
यसरी ४ महीना देखिको निरन्तरको सुख्खा पहिरोको त्रासले स्थानीय अन्यत्र बसाई सर्न थालेको ईन्द्र कामीले बताए । अचानक पानी पर्यो भने गाँउ माथिवाट तल सरिरहेको पहिरोले पुरै गाँउलाई एकै पटकमा सखाप पार्न सक्ने भन्दै गाँउवासी अत्यन्तै त्रसीत र चिन्तित बनेका कामीको भनाई छ ।
उक्त पहिरो प्रभाबित क्षेत्रमा सान्तडा प्रहरी चौकीको टोलिले २ पटक स्थलगत निरिक्षण गरिसकेको र हालै जिल्ला स्तरीय एक टोलिले पनि निरिक्षण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचा नेर्तित्व सहितको ७ जनाको टोलिले स्थलगत अनुगमन गरेर आवस्यक सुझाव दिई जिल्ला दैवी प्रकोप उद्धार समितीलाई प्रतिवेदन समेत बुझाएको छ ।
जिल्ला भूसंरक्षण कार्यालयका भू संरक्षण सहायक हिमालय साउद, सव ईञ्जिनियर लक्ष्मणराज जोशी, वन प्राविधिक धु्रव शाह सहितको टोलिले पहिरोका कारण गाँउ नै जोखिममा रहेको भन्दै सर्तकता अपनाँउन गाँउवासिलाई अनुरोध गरेको छ। जुनसुकै समयमा पनी पहिरो झर्न सक्ने भएकाले अनुगमन टोलिले गाँउवासिलाई तत्काल सुरक्षीत ठाँउमा सर्न अनुरोध गरेको हो।
टोलिले गाँउको समस्यालाई गम्भिर रुपमा जिल्ला दैवी प्रकोप उद्धार समितीमा राखेको र बास्तविकता समेटी प्रतिवेदन समेत तयार पारेको छ । करीब एक सय ५० मिटर लम्वाई र ३५ मिटर चौडाईमा आएको पहिरोले गाँउ नै उच्च जोखिममा रहेको अनुगमन टोलिले औंल्याएको छ । पहिरोवाट प्रभावित १ सय १० परिवारलाई तत्काल अर्कै ठाँउमा स्थानान्तरण गर्नु पर्ने जिल्ला दैबि प्रकोप समितिले निष्कर्ष निकालेकोे छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सेनाको अध्यक्षतामा भएको बैठकले सो स्थानमा सुख्खा पहिरो निरन्तर गइरहेको गाबिसको वडानम्वर २, ४, ५ र ७ का ११० परिवारहरु उच्च जोखिममा रहेका निष्कर्ष सहित समयमै स्तान्तरण नगरेमा ठुलो मानबिय र भौतिक क्षेति हुनसक्ने बताएको छ ।
जिल्ला दैबिक प्रकोप उदार समितिबाट स्वीकृत भएको बिपत पूर्ब तयारी तथा प्रतिकार्य योजना बमोजिम बिभिन्न कलस्टर कार्यलयहरुले आ आफनो कलस्टर बमोजिमका कार्यहरु यथासिर्घ सुरुवात गर्न बैठकवाट निर्देशन पनि गरिएको छ । पहिरो रोकथामका लागि तत्काल पहिरो आसपासका बस्तिलाइ नजिकको उपयूक्त स्थानमा पाल र टेन्ट राखि अस्थाइ ब्यबस्था मिलाउन, रेडक्रस सोसाइटि बाट प्राप्त राहात सामाग्रि जिबिसले ढुवानि ब्यबस्था मिलाइ प्रभाबित घर परिवारलाइ बितरण गर्नुपर्ने निर्णय समेत भएको छ ।
यसै गरी प्राकृति घटना घट्दा तत्काल उद्धार गर्न नेपाली सेनालाइ ५० थान घैटि, बेल्चा , बाल्टि, डोरी लगाएत उद्धारका सामाग्री बिभिन्न गैर सरकारी संस्थाले उपलब्ध गराउनु पर्ने निर्णय समेत जिल्ला दैवी प्रकोप उद्धार समितीको बैठकले गरेको छ ।