भोलि हुने शक्ति प्रदर्शनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट ७ हजार भन्दा धेरै सहभागी हुने
कपन अनलाइन
आशिष गुरागाई / देवराज तामाङ
काठमाडौँ : नेकपा एमालेले भोलि शुक्रबार गर्ने भनिएको विपक्षी दलहरूको शक्ति प्रदर्शनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट ७ हजार भन्दा धेरै आफ्ना समर्थक हरुलाई भृकुटीमण्डपमा उतार्ने दाबी गरेको छ ।
एमालेको अगुवाइमा विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् । यसको तयारी लगभग सकिएको एमाले क्षेत्र नं. ४ सचिव ध्रुवराज न्यौपानेले कपन अनलाइनलाई बताए ।
एमालेले २२ गतेको प्रदर्शनमा मान्छे जुटाउनका लागि एक जनाले तीन जना सदस्य कार्यक्रममा उपस्थित गराउने अभियान चलाएको न्यौपाने बताउँछन् । एमाले काठमाडौं ४ ले आफ्ना प्रस्ट भनाइहरू चोक चोकमा राखिसकेको र कार्यकर्ताहरू आजै बाट र्यालीमा सहभागीभइ सकेकोले उल्लेख्य संख्या बढने तर नघट्ने उनको दाबि छ ।
आजको मोटरसाइकल र्यालीले हौसिएका न्यौपानेले भने आज एमालेका कार्यकर्ताको उपस्थिति धेरै थियो भोलि एमाले समर्थक र हाम्रा मुद्दामा मत मिलेका जनता हरू तपाइहरूले सडकमा देख्नु हुनेछ ।
तयारीकै विषयमा बूढानीलकण्ठ नगरपालिकाको सबैभन्दा ठूलो वडा नम्बर १२ एमाले संयोजक नवराज भट्टराईले विभिन्न स्थानहरूमा कार्यक्रम लक्षित गरि गरिएको कोण सभा र प्रचार अभियानहरूले आफूहरूलाई उत्साहित बनाएको बताउँछन् । यस क्षेत्रका एक केन्द्रियस्तरका नेताले क्षेत्रको राम्रो कोर्डिनेसन् रहेको बताउदै क्षेत्रीय सचिव ले उल्लेख गरेको सख्या नजिक- नजिक को आकलन गरे।
आ-आफ्नो जातीय भेषभुषा र झाँकीमा आउन कुसुकुमार कार्कीको आग्रह
प्रदर्शनमा सहभागी हुन आउँदा आ-आफ्नो जातीय भेषभूषा र झाँकीसहित सहभागिता गरिँदिन नेकपा एमाले काठमाडौं ४ का अध्यक्ष कुसुकुमार कार्कीले आग्रह गरेका छन् । आन्दोलनमा एमाले काठमाडौं ४ का संगठनहरु दिनरात नभनी चलायमान बनेको उनले बताए ।
सभाको पूर्वसन्ध्यामा एमालेले आज काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को विभिन्न स्थानमा कोण सभा आयोजना गरेको थियो भने सभालाई विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।
प्रदर्संनमा क्षेत्र नम्बर ४ को विभिन्न स्थान बाट निस्केको जुलुस जैन भवनमा मध्यान्ह १२ बजे जम्मा भै भृकुटिमंड़प तर्फ जाने बताइएको छ भने स्थानीय स्तरका जुलुसका अगुवाई स्थानीय पार्टी कमिटिका अगुवा ले गर्ने जनाइएको छ। कपन बाट निस्कने जुलुस कपनका बिभिन्न स्थान परिक्रमा गर्दै पाथिभरा टोल ७ तलेमा जम्मा भै अगाडी बढ्ने बुनपा १२ का अध्यक्ष नवराज भट्टराईले बताए ।
हेर्नुहोस् आज आयोजित कोण सभाको फोटोहरू