कपन महोत्सवका लागि कपन अनलाइनले दिएको सुझाव

महोत्सवका नाममा रमाइलो मेला बन्न गइरहेको कपन महोत्सवप्रति चौतर्फि आलोचना भइरहेको छ । कपन महोत्सवकै विषयमा आजसम्म विभाजित नभएका कपन राजनीतिक दलहरु पनि विभाजित भएका छन् । कपनवासीहरुका घरघरमा निम्तासम्म पुग्न सकेको छैन । अधिकांश कपनमा रहेका संस्थालाई खबर भएको छैन । कपनमा ठूलो संख्यामा रहेको बौद्धिक वर्गले कपन महोत्सवको हल्ला समेत सुनेका छैनन् ।

विवादै विवादबीच कपन महोत्सवका लागि भनेर सानोतिनो भेला तथा मिटिङ भने हरेक दिन बसिरहेका छन् । विशेषगरेर कपनमा राजनीति गर्ने केही व्यक्ति अब कपन महोत्सव कपनको प्रतिष्ठाको विषय बनेकोले मरेर भने पनि सफल बनाउन पर्छ भनेर कस्सिएका छन् । तर के गर्ने ? किन गर्ने ? वा यसको उपलब्धिका बारेमा अझै विश्लेषण उनीहरुले गर्न भने सकेका छैनन् ।

यसैबीचमा ०६९ अशोज ७ गते साँझ कपन पर्यटन बोर्डका अध्यक्ष आङकामी शेर्पा निवासमा केही सिमित राजनीतिक हैसियत राख्ने व्यक्तिहरु र केही सामाजिक अगुवाको भेला भएको छ । भेलामा अहिलेसम्मको तयारीप्रति अत्यन्त निरशा व्यक्त गरिएको थियो । कपन महोत्सवका मूल संयोजकको राजिनामाको विषयसम्म उठेको यस भेलामा कपन अनलाइनले केही महत्वपूर्ण सल्लाह आयोजक तथा अन्य व्यक्तिहरु समक्ष प्रस्तुत गर्यो । कपन अनलाइनले प्रदान गरेका सल्लाह अनुरुप कपनगढी झल्किने र समग्र कपन गाविस चिनिने वृतचित्र बनाउने निर्णय भएको छ । अत्यन्त कम समय रहेकोले बनाइने वृतचित्र कस्तो हुने भन्ने समस्याका बीचमा कपन विषयमा विशेष ज्ञान तथा चासो राख्ने विसुकुमार केसीको संयोजकत्वमा यो वृतचित्र बनाइने भएको हो ।

कपन अनलाइनले कपन महोत्सवका आयोजकलाई प्रदान गरेको केही महत्वपूर्ण सुझावहरु ः

  • कपन गढी र यससँग सम्बन्धित विषयमा एक वृतचित्र बनाइने र यो प्रधानमन्त्रिलाई देखाउने ।
  • समग्र कपन गाविस चिनिने विशेष वृतचित्र निर्माण गर्ने र महोत्सवभरी यसलाई प्रस्तुत गर्ने । यो वृतचित्र कपन गाविसको सम्पत्तिको रुपमा रहने छ ।
  • हाम्रो कपन राम्रो कपन विषयमा अन्तरस्कूलव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने । जसमा १० हजार राशीको पुरस्कारको व्यवस्था गर्ने ।
  • विकसित कपन विषयमा हरेक दिन महोत्सवस्थलमा अन्तक्र्रियाको कार्यक्रम सञ्चालन गर्ने ।
  • कपनमा रहेका साहित्यकारहरुलाई विशेष निम्तो गरेर सहित्यिक महोत्सव गर्ने ।
  • कपनका हेरक क्षेत्र तथा वडाका बारेमा जानकारी राख्ने व्यक्तिहरुबाट हरेक दिन कपन जानकारी कार्यक्रम आयोजना गर्ने ।
    कपनमा रहेका करिब ४० संख्यामा रहेका सहकारीहरुलाई एकैठाउँमा बोलाएर कपन सहकारी महोत्सव विषयमा संगोष्ठि गर्ने ।
  • कपनको मौलिक खाना(काँठको खाना) प्रस्तुत गर्ने ।
  • कपन संगीत सरोवरले हरेक दिन विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने ।
    कपनका पूराना तथा हालको कपनको सबै स्वरुप देखिने फोटो प्रदर्शनी गर्ने । आदि
तपाइँको प्रतिक्रिया ।