मलेसियन राजदूतले मलेसियामा नेपालीहरूका बारे जानकारी दिए

मलेसियन राजदूतले  मलेसियामा नेपालीहरूका बारे जानकारी दिए

कपन अनलाइन, कात्तिक २९, २०७३/दिनेश खड्का खप्तडी/मलेशिया

15045566_1829352753968805_745112723_n

नेपाली राजदुतावास मलेसियाद्वारा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रमलाई ‌सम्बोधन गर्दै राजदुत डा. निरञ्जनमानसिहं बस्नेतले करिब ७ सात लाख नेपाली श्रमिक हाल मलेसियामा रहेको तथ्यांक भएता पनि दुतावासमा जनशक्तिको अपुग रहेको बताएका छन् । बस्नेतले आफुले पटक-पटक सरकारलाई लिखित पत्रबाट जानकारी गराए पनि अहिलेसम्म श्रमिकका समस्या सामाधानमा कुनै पहल नभएको बताए । मलेसियामा अलपत्र रुपमा रहेको नेपाली कामदारहरुको शबको वारेमा राजदुत बस्नेतले अलपत्र अबैधानिक शबको लागि बैदेशिक रोजगार व्यवसायिक ऐन बाधक भएकाका कारण ६ जना नेपाली कामदारको शब नेपाल पठाउन नसकिएको बताएका छन् ।

15058004_1829361450634602_252412150_n

मलेसियामा हाल  दुई सयभन्दा वढी नेपालीहरु जेलमा रहेको तथ्याङ्क छ भने घरफिर्ती केन्द्रमा दुई सय पचास जना रहेका छन् । त्यस्तै उच्च मृत्युदर रहेको मलेसियामा आत्माहत्या गर्नेको सङ्ख्या पनि बढ्दो छ । विभिन्न कारण मृत्युुदण्ड पाउनेहरु पनि करिब आधा दर्जन रहेको उनको बस्नेतले बताए । अन्तर्क्रिया कार्यक्रममा उपस्थित श्रमिकहरुका हक अधिकारका निम्ति उठाएका प्रशनहरूलाई सम्बोधनबाट जवाफ दिदै बस्नेतले श्रमिकको पक्षमा आफुले काम गरेको र श्रमिकहरुका समस्यालाई पहिलो प्रथामिकता दिदै आएको  बताए । बस्नेतले अबका दिनमा पनि साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बृहत् अन्तरक्रिया कार्यक्रममा मलेसिया स्थित नेपाली गठित विभिन्न श्रमिक संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार, ब्यबसायिक, नेपाली श्रमिकहरु लगायतको बाक्लो उपस्थित रहेको थियो  । साथै परदेशी धमाका मलेसियाको तर्फबाट धमाका केन्द्रिय प्रमुख दिल केरुङ लिम्बुले पाँच जना श्रमिकको उद्दारको लागि मलेसियन पाँच हजार रिंगेट महामहिम राजदुतलाई उक्त कार्यक्रमको अवसरमा पारी रकम हस्तान्तरण गरेका छन् । मलेसियामा बृहत् अन्तरक्रिया कार्यक्रम पहिलो पटक आयोजना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।