विद्यालयलाई शैक्षिक सामाग्री प्रदान
फोटो: कपन अनलाइन डट कम
कपन अनलाइन ,काठमाडौँ, १६ असोज ।
सुनौलो सपना नामक संस्थाले दोलखा जिल्लामा रहेको श्री आजादी उच्च माध्यामिक विद्यालयमा पढ्ने करिब ३०० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मेलुङ गाविस वडा नम्बर ४ विरौटामा रहेको विद्यालयमा बैशाख १२ गतेको महाभुकम्पबाट प्रभावित ३०० जना विद्यार्थी छन् । उक्त कार्यक्रममा शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । शैक्षिक सामाग्री कपी, पेन्सिल, इरेजर, क्लिप बोर्ड वितरण गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि गरेका थिए ।उक्त कार्यक्रममा गाविस प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुद्वारा सुनौलो सपना नेपालका सबै सदस्यहरुलाई सम्मान गरेका थिए । जसले गर्दा आगामी दिनहरुमा अझै धेरै सामाजिक कार्य गर्नका लागि हौसला मिलेको संस्थाकी अध्यक्ष सोनिया जिआरले बताईन् । भर्खरै मात्र नव नायिकाका रुपमा अभिनय शुरु गरेकी सोनिया जिआरको पहिलो फिल्म ‘द फेमस’ कात्र्तिक १९ गतेबाट अल नेपाल रिलिज हुँदै छ । कलाकारिताको साथै समाजसेवामा पनि लागिरहेकी जिआरले बताइन् ।